१४ असार २०८३, आईतवार
,
Latest
अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा नगेन्द्र बहादुर के.सी. नेपाली सेनाकाे उपरथीमा बढुवा



अ+ अ-

काठमाडाैंः नेपाल सरकारकाे निर्णय अनुसार वीरेन्द्र अस्पतालमा कार्यरत प्राविधिक रथी तथा अधिकृतहरुलाई शुक्रबार जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

नेपाली सेनाका अनुसार वीरेन्द्र अस्पतालका सहायक रथी डा नगेन्द्र बहादुर के.सी. उपरथीमा, सोही अस्पतालका प्राविधिक महासेनानी डा भरत बहादुर भण्डारी प्राविधिक सहायक रथीमा तथा प्राविधिक प्रमुख सेनानी डा सुमनराज डंगोल प्राविधिक महासेनानी दर्जामा पदोन्नति हुनु भएकाे छ ।      

पदोन्नति हुनु भएका प्राविधिक उपरथी डा नगेन्द्र बहादुर के.सी.लाई सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा नियुक्त गरिएकाे तथा पदाेन्नति भएका डा भण्डारी र डा डंगाेललाई सोही अस्पतालमा पदस्थापन गरिएको नेपाली सेनाले जनाएकाे छ ।