९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने नेपाली काँग्रेसकाे ठहर



अ+ अ-

काठमाडाैंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बिहीबार संसदमा प्रस्तुत गरेकाे बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने ठहर गरेकाे छ ।

शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट प्रचारमुखी मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

‘सरकारकाले बजेट प्रचारमुखि मात्रै देखिन्छ । यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन् । जनताको जीवनरक्षा गर्ने खालको छैन । हामी खर्चको कटौतीको प्रस्ताव गर्छौ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भन्नुभयो । बजेटले कोरानाका कारण प्रभावित हुने क्षेत्रहरुको विषयमा संवेदनशीलता नदेखाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कार्यान्वयन गर्न सक्ने अवस्था छैन । आम्दानी अठन्नी खर्च रुपैयाँ भन्ने उखान जस्तै बजेट छ । त्यसैले यसले मुलुकलाई डुबाउँछ, जनतालाई डुबाउँछ, उत्पादन, उद्योगधन्दा डुबाउँछ । यतापट्टि सरकारको सजकता देखिँदैन । कोरोनाको रोकथाम नियन्त्रणमा पनि सरकारले पर्याप्त रकम विनियोजन गरेन । ६ अर्ब १ लाख मान्छेको पीसीआर परीक्षण गर्नमै सकिन्छ ।’’

पूर्व अर्थमन्त्री समेत रहनुभएका कांग्रेस नेता डा रामशरण महतले बजेटले सरकारको प्रचार मात्रै गरेको बताउनुभयो । भाषण मिठो भएपनि कार्यान्वयन क्षमता बजेटले नराख्ने उहाँले बताउनुभयो ।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले बजेटमा अहिलेका प्राथमिकताहरु समेटिन नसकेको बताउनुभयो । अहिले नागरिकको जीवनरक्षा प्रमुख कुरा भएपनि सरकार त्यसमा गम्भीर नदेखिएको उहाँले बताउनुभयो ।

अर्का नेता डा मीनेन्द्र रिजालले कोरोना कहर जारी रहेका बेला सरकारले चालु खर्च ३५ प्रतिशत गर्न राखेको लक्ष्य पूरा भएपनि राजस्व वृद्धि, वैदेशिक ऋण तथा अनुदान आउन नसक्ने बताउनुभयो ।

कांग्रेस संसदीय दलको बैठकमा सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल भएको हो । छलफलमा पार्टीबाट अर्थमन्त्री बनेको नेताहरुको समेत सहभागिता रहेको थियो ।