७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी
अ+ अ-

गलकोट । बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम मौरीपालन व्यवसायमा चर्चित छ । उहाँ मौरीबाजेको नामले बढी चिनिनुहुन्छ ।

केसीले बलेवा मौरीपालन उद्योग सञ्चालन गर्नुभएको छ । विसं २०५६ मा १० हजार लगानीमा दुई मौरीको घारबाट थालिएको मौरीपालन व्यवसायमा उहाँले अहिले रु एक करोड लगानी गरिसक्नुभएको छ । उद्योगका रूपमा स्थापित भएको मौरीपालन व्यवसायका कारण सिँगो बलेवा समेत परिचित हुँदै आएको छ ।

एक÷दुई घार हुँदै थपिएका मौरीका घार अहिले ३५० पुगेका छन् भने उद्योगबाट वार्षिक दुई हजार ५०० मौरीका घार देश भरका विभिन्न जिल्लामा बिक्री भइरहेका छन् । केसीका दुई छोराले उद्योगलाई प्रविधिसँग जोडेर आधुनिक मौरीका घार बनाइरहेका छन् ।

“मत ६० वर्ष कटे, मौरीको स्याहार मात्रै गर्छु । छोरा जगत र जनकको नेतृत्वमा थप छ जनालाई रोजगारी दिएर आधुनिक मौरीका घार उत्पादन भइरहेका छन्, अहिले चितवनबाट ४०० मौरीका घारको माग आएपछि उद्योगमा धमाधम काम भइरहेको छ”, केसीले भन्नुभयो “देशभरका विभिन्न जिल्लाबाट अनुदानमा वितरण गर्ने मौरीका घार यही उद्योगमा निर्माण हुन्छन्, अहिले १० लाखमा युरोपबाट काठ काट्ने आधुनिक उपकरण लिएका छौँ, मौरीको मह बिक्री, मौरीगोलासहितको घार तथा अन्य घार मात्रै बिक्रीबाट पछिल्लो एक वर्षमा मात्रै रु ६५ लाख आम्दानी भयो ।”

केसीका चार छोरामध्ये अहिले दुई छोराले बुबाको सिप र दुःखलाई पछ्याइरहेका छन् । वार्षिक तीन क्विन्टलसम्म मह उत्पादन तथा एक वर्षमा दुई हजार ५०० मौरीका घार उत्पादन गरेर बिक्री गर्दै आएको छोरा जगत केसीले जानकारी दिनुभयो । उहाँले अहिले तीन चरन क्षेत्रमा ३५० मौरीका घारमा मह उत्पादन भइरहेको जानकारी दिनुभयो ।

“बाबाको बिँडो सम्हालेका मात्रै हौँ, बाबाले मौरीपालन गर्दै आउनुभएको थियो, पछि फर्निचरसमेतको काम जान्नुभएकाले आफूलाई चाहिने मौरीको घार आफँै बनाउने गर्नुभएको छ, घारको माग बढ्न थाल्यो, उद्योगलाई प्रविधिसँग जोड्न मात्रै हामीले सघाएका छौँ” छोरा जगतले भन्नुभयो, “अहिले घार उत्पादन फर्निचरमा छ जनालाई रोजगारी दिएका छौँ, तीन स्थानमा मौरीको चरन क्षेत्र विस्तार गरेका छौँ, चितवनका लागि ४०० मौरीका आधुनिक घार बिक्री गर्ने तयारी छ ।”

केसीले आधुनिक उपकरणबाट काठ काट्ने, जोड्ने तथा रङ्ग लगाउने गर्नुहुन्छ । दुई वर्षअघि २३६ घार भारतको सिक्कमसम्म निर्यात गरेको जिकिर गर्दै उहाँले विभिन्न जिल्लामा अनुदानमा वितरण गर्ने गोलासहित र गोला रहितको घार उत्पादन गर्दै आएको बताउनुभयो ।

मौरीको गोलासहितको घारलाई रु १० हजार र मौरीको गोलारहितको खाली घारलाई रु चार हजारदेखि रु पाँच हजारसम्म बिक्री गरिएको केसीले जानकारी दिनुभयो । आम्दानीको ३० देखि ४० प्रतिशत रकम बचत भएको छ । केसीले गत आर्थिक वर्षमा रु ६५ लाखको मह र मौरीका घार बिक्री गर्दा रु २५ लाख नाफा भएको बताउनुभयो ।

मौरीको घार उत्पादन गर्न टुनीको काठ खरिद, विद्युत् महशुल, कर्मचारी तलबलगातमा उद्योगले लाखौँ रुपैयाँ खर्च गरिरहेको छ । टुनीको काठबाट बनेका घारको माग बढी छ । बजारमा स्थानीय तहले सघाउन सकेमा आफ्नो उद्योगले सयौँ नागरिकलाई रोजगारी दिन सकिने केसीले बताउनुभयो । “घार उत्पादनमा समस्या छैन, बजारीकरण गर्न कागजी प्रकृया नै झन्झटिलो छ”, उहाँले भन्नुभयो ।

बलेवा मौरीपालन उद्योगमा उत्पादित मह प्रतिकिलो रु एक हजारमा बजारमा बिक्री हुने गरेको छ । उद्योगलाई बागलुङ नगरपालिकाले रु १८ लाख अनुदान दिएको केसीले बताउनुभयो ।रासस