९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाका पाइलट उपरथीले गरे ५९ लाख हिनामिना, समरी अदालतबाट दाेषी ठहर



अ+ अ-

काठमाडाैंः नेपाली सेनाकाे समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा अवकाश प्राप्त उपरथी सुधिर श्रेष्ठलाई दोषी ठहर गर्दे कारबाही गरेको छ ।

जेष्ठ १६ गते बसेको समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम ५८ लाख ९५ हजार ५९० रुपैयाँ असुल उपर गर्ने तथा नसिहत दिने गरी फैसला गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । श्रेष्ठले उक्त रकमकाे हिसाब किताब नै नराखेकाे अदालतकाे ठहर छ । 

यसै गरी आठ जना सैनिक अधिकृतहरुलाई सचेत गराउनुका साथै एक जना अधिकृत तथा नौजना अन्य दर्जाहरुलाई सफाइ दिने गरी फैसला गरिएको निर्देशनालयले जनाएको छ ।

सैनिक हवाई महानिर्देशनालय रहँदा अनियमता गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको रायमा आधारमा तत्कालिन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ सहित अन्य माथि छानबिन गगरिएको थियो ।

नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित संगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको जनाएको छ ।