२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो

देशभित्रैको सिमानासँग कहिलेसम्म लडिरहने ?

देशभित्रैको सिमानासँग कहिलेसम्म लडिरहने ?
अ अ+ अ-

सिमानामा लड्नुपर्ने वेला ‘देशभित्रको सिमाना’सँग लड्नुपर्‍यो

यतिवेला देशको सिमानाका लागि लड्नुपर्ने थियो । तर, मलाई ‘देशभित्रकै सिमाना’ले कालापानी पुग्न दिएन, लिम्पियाधुरा पुग्न दिएन । सिमानामा लड्नुपर्ने वेला आफ्नै देशभित्रको सिमानासँग लड्नुप-यो । ‘मान्छे हुन’ पहिला लड्नुपर्‍यो । देशभित्रका थुपै्र सिमानाविरुद्ध लड्नुपर्‍यो । 

देशभित्रैको सिमाना भत्काउन मेरा पुर्खाले कैयौँ दशक बिताए । तर, सकेनन् । मेरो पुस्ता पनि त्यही सिमाना भत्काउन आजसम्म पनि लड्नुपरेको छ । आफ्नै लागि मात्रै अझै लड्नु परेपछि देशका लागि कहिले लड्ने ? आफ्नै देशभित्र ‘मान्छे’ ठानिएको छैन, म कुन देशका लागि लड्न जाउँ ? कुन सिमानामा लड्न जाउँ ? मेरो देश खोज्न म कहाँ जाउँ ? भारतीयले बनाएको कुन बाटो भत्काउन जाउँ ? 

मलाई पनि सिमानामा गएर यो देशका लागि लड्ने मन थियो । तर, कथित उपल्लो जातका भन्नेहरूले हामीलाई लखेट्न छाडेको छैन । आज नवराज लखेटिए । तिनीहरूले कहाँ नवराजलाई मात्रै लखेटेका थिए र ! तिनीहरूले दलितलाई लखेटेका थिए । डुमलाई, कामीलाई, दमाईलाई, सार्कीलाई, चमारलाई, मुसहरलाई लखेटेका थिए । 

 

आफ्नै देशभित्र ‘मान्छे’ ठानिएको छैन, म कुन देशका लागि लड्न जाउँ ? कुन सिमानामा लड्न जाउँ ? मेरो देश खोज्न म कहाँ जाउँ ? भारतीयले बनाएको कुन बाटो भत्काउन जाउँ?

महामारीले भन्दा छुवाछुतको घटनाले रुन बाध्य बनायो । सारा संसार महामारीबाट त्रसित भइरहेको यस्तो संकटको समयमा सारा गाउँ मिलेर एउटा जातलाई लखेटे । जातलाई लखेट्न लकडाउन नलाग्दो रहेछ । दलितलाई लखेट्न कोरोनाको डर नहुँदोरहेछ । कोरोना अचानक आइपरेको समस्या हो । यो कुनै दिन निर्र्मूल भएर जानेछ । यसरी नै एकदिन छुवाछुत पनि हटेर जानेछ भन्ने सोचेको थिएँ । तर, तीन हजार वर्षदेखि दलित भएकै कारण लखेटिनुपर्ने विडम्बना अझै अन्त्य भएन । भाग्दाभाग्दै मर्नुपर्ने अवस्थाको अझै अन्त्य भएन । 

कोरोनाका कारण सामाजिक दूरी कायम राख्नुपर्ने भयो । तर, मानिसहरू सामाजिक दूरी कायम गरेर बस्न सकिरहेका छैनन् । शताब्दीऔँअघिदेखि सामाजिक, सांस्कृतिक, आर्थिक दूरी बनाएर बस्न बाध्य दलितको मनोविज्ञान महसुस गर्ने कोही गैरदलित छ ? कोही छैन । सोच्दा पनि कति भयानक र कहालीलाग्दो छ, युगौँदेखिको विभेदको दूरी ।

कोरोनाको सामाजिक दूरीभन्दा डरलाग्दो विभेदको दूरी सयौँवर्षदेखि दलितले खेप्नुपर्‍यो । गैरदलितलाई दुई महिना सामाजिक दूरी बनाएर हिँड्दा कति गाह्रो भयो ? दलितलाई सयौँ वर्षदेखि सामाजिक दूरी कायम राख्न बाध्य पार्दा कति मन दुख्यो होला ? के कुनै गैरदलितले अन्दाज गरेको छ ? तीन हजार वर्षदेखिको सामाजिक दूरीको पीडा के कुनै गैरदलितले सोध्यो ?

आत्मसम्मानमा परेको ठेस सहन नसकेर दलितले आत्महत्या गर्दा हाँसेर भन्नेहरू थिए, ‘कामी दमाईको बुद्धि हुँदैन । खान नपाएर म¥यो ।’ दुई महिना सामाजिक दूरी अपनाउँदा मानसिक समस्या भएर आत्महत्या गर्नेको संख्या ह्वात्तै बढ्यो । दलित भएर सामाजिक दूरी अपनाउँदा कति मानसिक समस्या भयो होला ? मनको रोग कति भयानक हुँदोरहेछ अहिले बुझ्दै होलान् गैरदलितले । मानसिक समस्याको असर कस्तो हुँदोरहेछ अहिले थाहा पाउँदै होलान् । कस्तो हुँदो रहेछ, कसैलाई छुन नहुँदाको पीडा ? कस्तो हुँदोरहेछ, टाढिएर बस्दाको पीडा ? कोरोनाले सबै देखाइदियो ।  

(नयाँपत्रिका दैनिकबाट)