२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी



अ+ अ-

जुम्ला। जुम्लाको गुठिचौर गाउँपालिका–१ स्थित मणिसाँघुमा जंगली च्याउ सेवनका कारण एकै परिवारका पाँच जना सदस्य बिरामी परेका छन्। आइतबार दिउँसो ३ बजे घरमै पकाएर खाएको च्याउ विषालु परेपछि उनीहरू बिरामी परेका हुन्।

बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतारा, ५८ वर्षीया राजकुमारी महतारा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतारा विष्ट र ३ वर्षीय बालक पुजन विष्ट रहेका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरीले उनीहरूलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्ला पुर्‍याएको थियो। अस्पतालका अनुसार हाल सबै बिरामीको अवस्था सामान्य छ।

प्रहरी निरीक्षक अशिम हमालले च्याउ सेवनकै कारण परिवारका सदस्य बिरामी परेको पुष्टि गर्दै भने, “उनीहरूलाई समयमै अस्पताल ल्याइएकाले ठूलो क्षति हुन पाएन।”

भौगोलिक विकटताका कारण अस्पतालसम्मको यात्रा कठिन भए पनि स्थानीय प्रहरी र स्वास्थ्यकर्मीको सहयोगमा बिरामीलाई सवा ७ बजेतिर अस्पताल पुर्‍याइएको थियो। मणिसाँघु प्रहरीचौकीबाट प्रहरी सहायक निरीक्षक मञ्जित ओलीको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थल पुगेको थियो।

स्थानीयहरूका अनुसार वर्षायाममा जंगली च्याउ विभिन्न स्थानमा पाइने भए पनि तीमध्ये केही अत्यन्त विषालु हुन्छन्। सावधानी नअपनाई च्याउ खाँदा यस्ता दुर्घटना हुने गरेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाले सर्वसाधारणलाई जंगली च्याउ नखान र खानै परेमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।