३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

“गाजाको मानवीय अवस्था अत्यन्तै गम्भीर”



अ+ अ-

गाजा। संयुक्त राष्ट्रका मानवीय मामिलाका उपमहासचिव तथा आपतकालीन राहत समन्वयक टम फ्लेचरले गाजामा उत्पन्न मानवीय संकट निकै भयावह र विनाशकारी भएको बताउनुभएको छ ।

उहाँका अनुसार गाजामा प्रत्येक तीन व्यक्तिमध्ये एकजनाले दिनौंसम्म पर्याप्त खाना पाएकाका छैन् । केही मानिस आफ्ना परिवारलाई खुवाउन खाद्यान्न खोज्दा आक्रमणको शिकार भइरहेका छन् । बालबालिकाहरू कुपोषणका कारण शारीरिक रूपमा कमजोर बन्दै गएका छन् ।

फ्लेचरले इजरायलले राहत वितरणको लागि सात दिनसम्म सहयोग गर्ने, खाद्यान्न, औषधि तथा इन्धनमा भन्सार अवरोध हटाउने र राहत काफिलाहरूका लागि सुरक्षित मार्गहरू सुनिश्चित गर्ने निर्णयको स्वागत गर्नुभएको छ । उहाँले यो निर्णयलाई सकारात्मक प्रगति भनेपनि गाजामा जीवनरक्षा गर्न अझ धेरै सहयोग आवश्यक भएको बताउनुभयो ।

उहाँले मानवीय सहायता शीघ्र, नियमित र सुरक्षित रूपमा पु¥याइनु आवश्यक रहेकोमा जोड दिनुभएको छ । साथै, राहत सामग्री ढुवानीमा ढिलाइ, अवरोध वा आक्रमण हुनु नहुने स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ ।

टम फ्लेचरले हालसम्म ५९ हजार भन्दा बढी मानिसको मृत्यु भएको र तिनमध्ये झन्डै १८ हजार बालबालिका रहेको जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना हुनु जरुरी छ,” उहाँले भन्नुभयो, “बन्दी बनाइएका सबै व्यक्तिहरूलाई अविलम्ब र बिना सर्त मुक्त गर्नुपर्छ । युद्धविरामको कुरा मात्र होइन, हामी स्थायी शान्ति चाहन्छौं ।” (रासस/सिन्ह्वा)