५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आइएईए’ टोली दुई साताभित्र इरानको भ्रमणमा



अ+ अ-

तेहरान। इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माईल बाघाईका अनुसार,आणविक ऊर्जा संस्था (आइएईए) को टोली आउँदो दुई साताभित्र इरानको भ्रमणमा आउने कार्यक्रम तय गरिएको छ ।

शबाघाईका अनुसार, यस भ्रमणको क्रममा इरानले आइएईएसँग भविष्यमा गर्ने सहकार्यसम्बन्धी मार्गदर्शन दस्तावेज पनि प्रस्तुत गर्नेछ । उक्त दस्तावेज हालसालै इरानी संसदले पारित गरेको एक कानुनी प्रस्तावमा आधारित हुनेछ, जसमा आइएईएसँगको सहकार्यमा केही सीमा तोकिएको छ ।

गत जुन २५ सन् २०२५ मा इरानको संसदले एउटा नयाँ कानुन पारित गरेको थियो, जसअनुसार अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थासँगको सहकार्य केही हदसम्म स्थगित गर्नुपर्ने प्रावधान गरिएको थियो । त्यसपछि, इरानका परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले गत बुधबार जानकारी दिँदै, इरानले आइएईएको प्राविधिक टोलीलाई स्वागत गर्न सहमति जनाएको स्पष्ट पार्नुभएको थियो ।

यो भ्रमण इरान र अन्तर्राष्ट्रिय समुदायबीच विश्वासको वातावरण निर्माण गर्न, पारदर्शिता कायम राख्न तथा आणविक कार्यक्रमसम्बन्धी प्राविधिक छलफललाई अघि बढाउन महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । (रासस/सिन्ह्वा)