७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

भेरीमा बगेका सपनाहरु

भेरीमा बगेका सपनाहरु
अ+ अ-

 

जाजरकोट — भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो ।

मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका उनीसहित १८ जनामाथि गाउँलेले ढुंगामुढा गर्दै लखेटे । नवराजसहित ५ जनाले ज्यान गुमाए, १ जना बेपत्ता भए । १२ जना मुस्किलले बाँचे । घटनापछि प्रेमिका भनिएकी १७ वर्षीया किशोरीसहित १८ जनालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । जाहेरीमा किटान गरिएका २ जना फरार छन् ।

प्रहरी बन्ने सपना

२० वर्षीय नवराज मुनिलाल र उर्मिलाका एक्लो छोरा हुन् । उनी नेपाल प्रहरीको जवानका लागि लिखितमा नाम निकालेर मौखिक परीक्षाको तयारीमा थिए । लकडाउनका कारण परीक्षा स्थगित भएपछि उनी घरमै बसिरहेका थिए ।

त्रिभुवन मावि, खलंगाबाट १२ कक्षासम्म पढेका उनी प्रहरीमा जागिर खाएर आमाबुबालाई खुसी बनाउन चाहन्थे । उनी जागिरसँगै बिहे गरेर दुलही भित्र्याउने योजनामा थिए । ‘जागिर खान्छु, बुहारी पनि ल्याउँछु भन्थ्यो,’ आमा उर्मिलाले भनिन्, ‘पापीहरूले मेरो छोरालाई मारेर भेरीमा बगाइदिए, कस्तो सपना देखेको थियो, लास बनेर घर आयो ।’

मुनिलाल र उर्मिला दैनिक मजदुरी गर्छन् । उनीहरूले मजदुरी गरेरै छोरालाई पढाएका थिए । छोरो बाठोटाठो भएकैले कथित माथिल्लो जातकी छोरीलाई ताकेको हुन सक्ने बुबा मुनिलालले बताए ।

विदेश जाने तयारीमा थिए गणेश

त्रिभुवन मावि खलंगाबाट २०७४ मा एसईई उत्तीर्ण गरेका गणेश बुढा निम्न वर्गीय परिवारमा जन्मेका हुन् । कुशे गाउँपालिका–२, टालेगाउँमा जन्मिए पनि उनी डेढ दशकदेखि आमाबुबासँग रानागाउँमा डेरामा बस्थे । बुबा पदमबहादुर र आमा राधिका सदरमुकाममा मजदुरी गर्छन् ।

१९ वर्षीय गणेशले वैदेशिक रोजगारीमा गएर परिवारको आर्थिक अवस्था माथि उकास्ने सपना देखेका थिए । ‘विदेश गएर पैसा कमाउँछु, तपाईंहरूलाई सुख दिन्छु भन्थ्यो,’ राधिकाले भनिन्, ‘लकडाउनले विदेश जान ढिलो भएको थियो ।’ नवराज मिल्ने साथी भएकाले गणेश त्यस दिन सोती गएको उनले बताइन् ।

बिहे गर्ने तयारीमा थिए सन्दीप

२३ वर्षीय सन्दीप विक ९सन्जु० नवराजका साथीमात्र होइनन्, नाताले दाइ हुन् । उनी बुबा बलबहादुर र आमा सविताका जेठो छोरा हुन् । उनीपछि एक भाइ र दुई बहिनी छन् । प्राथमिक तहसम्म मात्र अध्ययन गरेका उनी घरको काममा आमाबुबालाई सघाउँथे । सविताका अनुसार सन्दीप निकै सोझो र मिजासिलो थिए ।

‘उसले अहिलेसम्म कसैसँग झगडा गरेको थाहा पाएकी छैन,’ उनले भनिन्, ‘त्यो दिन अर्कै गाउँका मान्छेसँग कसरी झगडा गर्न गयो होला र रु’ सन्दीप छिट्टै बिहे गर्ने तयारीमा थिए । उनी बुबाआमालाई भन्ने गर्थे, ‘बिहे गरेर तपाईंहरूलाई काममा सघाउँछु ।’

सुनचाँदी व्यवसाय थाल्ने सुरमा लोकेन्द्र

१८ वर्षीय लोकेन्द्र सुनारले शीतल मावि चौरजहारी रुकुममा १० कक्षासम्म पढेका थिए । उनी भेरी नगरपालिका–११, मटेलाका हुन् । उनका बुबाको २०७४ सालमा बस दुर्घटनामा परी मृत्यु भएको थियो । अब उनकी आमा र एक जना दाइमात्र छन् । दाइ पनि वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन् । घरमा आमामात्र छिन् ।

नी सुनचाँदी व्यवसाय चलाउने तयारीमा थिए । यसका लागि उनले सुर्खेतको भीममनी सुनचाँदी पसलमा तालिम लिइरहेका थिए । ‘लकडाउनको बिदामा घरमा आएको थियो, मर्नु लेखेको रहेछ,’ लोकेन्द्रकी आमा लक्ष्मीले भनिन्, ‘सुनचाँदी पसल खोलेर पैसा कमाउने सपना भेरीले बगायो ।’

सोलार व्यवसाय गर्ने योजनामा टीकाराम

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, लामिछाने गाउँका २० वर्षीय टीकाराम सुनार सोबे र गीताका एक्लो सन्तान हुन् । विवाहित उनका २ वर्षीया छोरी र श्रीमती छन् ।

उनका बुबाआमा मजदुरी गर्छन् । टीकाराम भने चौरजहारीको शीतल माविमा ११ कक्षामा पढ्दै सोलार पावर जडानसम्बन्धी काम गर्दै आएका थिए । अनुभव राम्रो भएपछि सोलारसम्बन्धी कामलाई व्यवसायका रूपमा विस्तार गर्ने योजनामा उनी थिए । ‘साथीको साथ लागेर गयो, पापीले मारेर भेरीमा फाले,’ उनका बुबा सोबेले भने, ‘नातिनीलाई टुहुरी बनाए, बुहारीको सिन्दूर पुछियो ।’ सोबेले एक्लो सन्तान गुमेको जस्तै पीडा नातिनी र बुहारीको बिजोग देख्दा हुने गरेको बताए ।

एसईईको तयारीमा थिए गोविन्द

भेरी नगरपालिका–११, मटेलाका गोविन्द शाही अझै भेटिएका छैनन् । उनी शीतल मावि चौरजहारीबाट यस वर्ष एसईई दिने विद्यार्थी हुन् । बाबुआमाका तीन छोरामध्ये उनी कान्छो हुन् ।

आमा भीमाकुमारीका अनुसार १८ वर्षीय गोविन्दले एसईई दिएर रोजगारीका लागि विदेश जान चाहेका थिए । घरको गरिबीले विदेशमा गएर पैसा कमाउने योजना बनेको थियो । त्यस दिन घरबाहिर नजान भन्दाभन्दै पनि अटेरी गरेर हिँडेको भीमाकुमारीले बताइन् । ‘घरबाहिर कहिल्यै नबस्ने छोरो साँझसम्म नआएपछि मनमा चिसो पस्यो,’ उनले भनिन्, ‘रातिसम्म पनि फर्केर आउला भनेर खाना कुरेर बसें तर अहिलेसम्म आएको छैन ।’ गोविन्दलाई स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजिरहेका छन् ।

पोस्टमार्टम रिपोर्ट भन्छ– कुटपिटबाट मृत्यु

भेरी नगरपालिका–४, जाजरकोटका युवाको समूह किशोरीलाई लिन रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा पुगेका बेला भएको घटनापछि भेटिएका ५ वटा शवको पेटमा पानी नभेटिएको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ । जाजरकोट अस्पतालमा गरिएको पोस्टमार्टममा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकको भनाइ छ । मृतक पाँचै जनाको टाउको, अनुहारलगायत अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले बताए ।

‘टाउको, हात, खुट्टा, छाती र पिठ्यूँमा कडा प्रहारका कारण चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’ पेटमा पानी नहुँदा नदीमा बगेको भन्न सकिने अवस्था पनि कम रहेको उनले बताए । ‘भेरीमा शव भेटिए पनि मृतकले पानी खाएको हुनुपर्नेमा पेटमा पानी नदेखिँदा घटना थप जटिल र शंकास्पद बनेको छ,’ उनले भने । अस्पतालले मृतकको शरीरबाट लिइएको नमुना भिसेरा परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाएको छ ।

छानबिन समिति सुरु

सोतीमा शनिबार भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले शुक्रबार काम थालेको छ । सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको टोलीले शुक्रबार सन्दीप विकको शव हेरेको थियो । टोलीले परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको थियो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गर्ने जानकारी दिए । गृह मन्त्रालयले सहसचिव बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सम्मिलित समितिलाई छानबिनको जिम्मा दिएको छ ।

स्थानीय दलित अधिकारकर्मीले जाजरकोट पुगेको छानबिन समितिलाई निष्पक्ष छानबिनको मागसहित ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । यसअघि, कर्णाली प्रदेशसभाका सदस्यहरू रातो कामी, झुपा विक, सीता नेपालीलगायतले टोलीका सदस्यलाई भेटी जाजरकोट पुगेर घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि हदैसम्म कारबाही गर्न माग गरेका थिए । समितिका संयोजक बस्नेतले सरकारले दिएको म्यान्डेटअनुसार निष्पक्ष छानबिन गर्ने स्पष्ट पारेका थिए । ‘घटना तोडमोड हुँदैन, तपाईंहरू ढुक्क हुनुहोस्,’ उनले भने, ‘सत्यतथ्य बाहिर आउँछ ।’

‘दोषीलाई उम्काउने प्रयास गरियो’

पीडित परिवारले भने घटनालाई तोडमोड गर्ने प्रयास भएको आरोप लगाएका छन् । रुकुममा केही स्थानीय र जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरेको उनीहरूको भनाइ छ । ‘घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्ल प्रमुख दोषी हुन्, उनकै संलग्नतामा यो सबै भएको छ,’ नवराजका बुबा मुनिलालले भने, ‘तर अहिले नेताहरूले अपराधीलाई बचाउने गरी वक्तव्य दिने गरेका छन् ।’ कुटेर मारेपछि भेरीमा फालेको थाहा हुँदाहुँदै केटाहरूले आफै भेरीमा हाम फालेको अफवाह फैलाएर दोषीलाई बचाउने प्रयास गरिएको उनले दाबी गरे ।

यसैबीच, रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा र नेकपा रुकुम पश्चिम जिल्ला कमिटीले छुट्टाछुट्टै विज्ञप्ति निकाली दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । शर्माले बुधबार निकालेको विज्ञप्तिमा आफू जहिले पनि उत्पीडित जनताका लागि लडेको स्मरण गर्दै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा रुकुम पश्चिमले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गराउने प्रक्रियामा पार्टीले सहयोग गर्ने जनाएको छ ।

कान्तिपुर दैनिकबाट