७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

संसदकाे विवेकमा एमसीसी, निर्णय नहुँदासम्म सबै काम रोकिने

संसदकाे विवेकमा एमसीसी, निर्णय नहुँदासम्म सबै काम रोकिने
अ+ अ-

काठमाडाैंः सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा शनिबार बसेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पनि ठाेस निर्णय गर्न सकेन । तर बैठकले याे विषय अब संसदकाे जिम्मामा छाडिएकाे छ ।

संसदबाट निर्णय नहुँदासम्म भने यससम्बन्धी सबै काम रोक्ने समझदारी पार्टीभित्र बनेकाे छ । 

शनिबार बसेको पार्टीको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु अघि नबढाउने समझदारी बनेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुमोदन नभएको अवस्थामा एनसीए अन्तर्गतका काम राेक्ने समझदारी बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुमोदन भएपछि गर्न सकिने काम पछि नै गर्ने र अहिले रोक्ने समझादारी बनेको छ ।’

नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरी प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच समझदारी बनेपछि सचिवालयले निष्कर्ष निकाल्ने उहाँले बताउनुभयो । बजेटमा एमसीसी अन्तर्गतको परियोजना समेटिएको विषयमा अर्थमन्त्री युवराज खतिवडाले सचिवालयकाे बैठकमा जानकारी गराउनु भएकाे थियाे । 

प्रधानमन्त्रीले संसदमा जानकारी गराउनु भएअनुसार अर्थमन्त्री खतिवडाले सचिवालय बैठकमा एमसीसी पारित भए त्यही अनुसार काम हुने र नभए वैकल्पिक व्यवस्था गरेर अगाडी बढ्ने बताउनुभएको छ । प्रवक्ता श्रेष्ठका अनुसार अर्थमन्त्री खतिवडाले सोही अनुसार नै संसदमा जवाफ दिनुहुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अर्थमन्त्री खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावललाई समेत आमन्त्रण गरिएको थियो । रावल र ज्ञवाली नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य हुनुहुन्छ ।