५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल



अ+ अ-

काठमाडौ । वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ ।

अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले यसबारे जानकारी गराउनुभएको हो ।

हालसम्म ७७ जिल्लाकै बिरामीको उपचार हुने गरेको वीर अस्पतालमा कुरुवा घर छैन । ७७ जिल्लाबाट राजधानीमा आएर उपचार गर्दा बिरामी कुरुवाहरु समस्यामा पर्नेकुराको मध्यनजर गरी कुरुवा घरको व्यवस्था गर्न लागेको बताउनु भयो । अस्पतालले ओपिडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा जाने क्रममा पब्लिक भेइकल बढी हिँड्ने बाटो रहेकाले बिरामीलाई पनि धेरै अफ्ठ्यारो भएको महशुस गरी आकाशे पुलको निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको बताउनु भयो । ओपिडी काउन्टर थपि प्रतिक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपि निर्माणको योजना बनाएको पनि बताउनु भयो ।

हाँले भन्नुभयो, ‘विद्यमान सर्भर पुरानो भएको र यसले धान्नै नसक्ने अवस्थामा रहेकाले हामीलाई यसतर्फ पनि थप बजेटको आवश्यक छ । एकीकृत डाटा सेन्टरको स्थापनाको लागि विनम्र अनुरोध गर्दछु । हाम्रो वीर अस्पतालको भौतिक संरचना पुरानो छ । हामी ओपिडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा आउने क्रममा बीचमा पब्लिक भेइकल बढी हिँड्ने बाटो भएकाले बिरामीहरुलाई धेरै नै अफ्ठ्यारो भएकाले आकाशे पुलको निर्माणको योजना राखेका छौँ । ७७ जिल्लाकै बिरामीलार्ई राजधानीमा आएर उपचार गर्दा कुरुवा घरको व्यवस्था नभएकाले आगामी आर्थिक वर्षमा बिरामी कुरुवा घर बनाउनका लागि हामी यो योजनामा राखेका छौँ । ओपिडी काउन्टर थपि प्रतिक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपि निर्माणको योजना बनाएका छौँ । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि बढाइयोस् । वीर अस्पताल देशको गौरव हो । स्वास्थ्य सेवा प्रवाहको इतिहास बोकेको यस संस्थालाई केन्द्रिय रिफरल तथा अनुसन्धानको केन्द्र बनाउन हामी सबैको एकता, प्रतिवद्धता र समर्पणको आवश्यकता छ ।’

निर्देशक शर्माले अस्पतालको विद्यमान सर्भर पुरानो भएकाले र धान्नसक्ने स्थिति पनि नरहेकाले बजेटको आवश्यकता रहेको बताउनु भयो । । एकीकृत डाटा सेन्टरको स्थापनाको लागि सरकारसँग आग्रह गर्नुभयो । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि  बढाउन माग गर्नुभयो ।