९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार ग्वङ्गलाई

बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार ग्वङ्गलाई
अ अ+ अ-

काठमाडौँ। कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले वरिष्ठ सस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार’ प्रदान गरेको छ ।

थापाको १०३औँ जन्मजयन्ती तथा गुठीको २८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत उहाँलाई रु दुई लाख २२ हजार २२२ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाली कांग्रेसका एवं बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा शेखर कोइरालाले प्रदान उक्त पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ समाजसेवी तथा चित्रकलाकार श्रीमती उर्मिला गर्गलाई रु दुई लाख २२ हजार २२२ नगदसहितको ‘सेवा पुरस्कार नेपाल’ प्रदान गरियो ।

गुठीले ललितपुर पुल्चोकमा चमेना गृह सञ्चालन गर्दै आउनुभएकी सानुकान्छी तामाङ र काठमाडौँ हनुमानढोकामा पुष्प व्यवसाय सञ्चालन गर्दै आउनुभएकी मिनु मालाकारलाई जनही रु २५ हजार राशिको श्रम सम्मान प्रदान गरियो ।

कार्यक्रममा गुठीको मुखपत्र ‘सेवा नेपाल, २०८२’ दमननाथ श्रद्धाञ्जलि अङ्क र ‘बहुआयामिक व्यक्तित्व दमननाथ ढुङ्गाना’ नामक ग्रन्थको लोकापर्ण गरियो । ती दुवै कृतिमा पूर्वसभामुख ढुङ्गानाको राजनीतिक व्यक्तित्व र नेपालको संसदीय इतिहासमा उहाँले खेल्नुभएको भूमिकासम्बन्धी विभिन्न व्यक्तिका विचार समावेश छन् ।

त्यस अवसरमा गुठीले सिन्धुली खनियाखर्कस्थित ऋतम्भरा विद्यालयका १०० जना विद्यार्थीका लागि शैक्षिक सामग्री र लतिलपुरको बङ्गलामुखीस्थित पाटी निर्माणका लागि रु २५ हजार सहयोग प्रदान गरेको छ ।

राष्ट्र सेवामा समर्पित कुशल प्रशासकको छवि बनाउनुभएका स्व थापाले नेपालको लोकतन्त्र स्थापना र समाजसेवामा विशिष्ट योगदान पु¥याउनु भएको थियो । उहाँको जन्म विसं १९८१ मा भएको थियो । रासस