९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

चितवनको विद्युत् समस्या चाँडै समाधान हुने

चितवनको विद्युत् समस्या चाँडै समाधान हुने
अ अ+ अ-

चितवन। रोपाइँको याममा खडेरी परेपछि मोटरबाट पानी तान्ने, गर्मीका कारण एयरकण्डिसन, पङ्खालगायत विद्युतीय सामग्रीको उपभोग अत्यधिक बढ्दा चितवनमा विद्युत् भार व्यवस्थापन गर्न कठिन भएको छ ।

मुख्य गरी पश्चिम चितवनको चनौली सवस्टेशनमार्फत वितरण गरिएको विद्युत्मा बढी भार परेको हो । विद्युत् भार बढेसँगै नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापनका लागि केही दिन आलोपालो विद्युत् मिलाएर भार व्यवस्थापनको काम थालेको छ ।

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जीतेन्द्रकुमार झाका अनुसार प्राविधिक काम भइरहेकाले यही साउन १५ गतेभित्र काम सम्पन्न गरी भारको समस्या समाधान हुने बताउनुभयो ।

डिभिजन प्रमुख झाले पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत् जडानको काम सोमबारसम्म सकिने जानकारी दिनुभयो । विद्युतको समस्या भरतपुर र माडीमा मात्रै नभएर पूर्वी चितवनका टाँडी, पर्सा भण्डारा लगायतका क्षेत्रमा रहेको उहाँले बताउनुभयो । हर्दी स्टेशन चलेपछि चितवनका विभिन्न क्षेत्रमा देखिएको समस्याको धेरै समाधान हुने उहाँले जानकारी दिनुभयो ।

प्रमुख झाले भन्नुभयो, “हामी हर्दी स्टेशनबाट विद्युत् दिएर भरतपुर, पर्साको लोड घटाउने र हर्दीबाट भरतपुरको देवनगर सवस्टेशनमा विद्युत् पठाउने काममा लागि रहेका छौँ ।” देवनगर स्टेशन ३३ केभिएबाट सिधैँ जगतपुरमा लाइन सप्लाई गरेर अहिले भइरहेको चनौलीको लोडलाई कम गराउने उहाँले बताउनुभयो ।

यो तत्कालिन समस्या समाधान गरेर दीर्घकालीन रुपमा भरतपुर–चैनपुर ३३ केभिएको काम सम्पन्न गरेर समाधान गरिने झाले बताउनुभयो । सो आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै उहाँले छ महिनाभित्रमा काम सम्पन्न भएर दीर्घकालीन समाधान हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले लोडसेडिङ गरेका होइनौँ, केही दिनका लागि लोड व्यवस्थापन र लाइन विस्तारका लागि आलोपालो मिलाएका हौँ ।” तार तान्ने र मर्मतको काम भइरहेको भन्दै प्रमुख झाले अन्य विपत्ति नआएमा साउन १५ गतेबाट जिल्लाको विद्युत्को समस्या समाधान हुने बताउनुभयो ।

शनिबार नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा आलोपालो विद्युत् तालिका सार्वजनिक गरेपछि चौतर्फि आलोचना भएको छ । ‘लोडसेडिङको तालिका सार्वजनिक गरेको’ भन्दै सर्वसाधारणले विरोध जनाएका छन् । रासस