९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन विधेयक आजको संसदको कार्यसूचीमा, यसै हप्ता मतदान हुने



फाईल फोटो
अ+ अ-

काठमाडौं । आज ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । सोसम्बन्धी तयारी भएको संसद सचिवालय स्रोतले जनाएको छ । कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची रहेको बताइएको छ । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आजको सम्भावित कार्यसूचीमा फेरि राखिएको छ । सो विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिएका संसद सचिवालयले जनाएको छ । नेपालले हालैमात्र आफ्ना अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । 

कानुनमन्त्री तुम्बाहाम्फेले बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र त्यसपछि अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहितको सो विधेयकमा मतदात हुने छ । संविधान संशोधन नै गर्नुपर्ने भएकोले दुई तिहाइ मतबाट मात्र यो विधेयक पास हुनेछ ।  त्यस्तै सरकारले भने संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ । यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । तर पनि राजपाले भने कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सालाई संवैधानिक मान्यता दिनेगरी सरकारले विधेयक ल्याएपछि राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन सम्बन्धी अर्को विधेयक ल्याएको छ । तर राजपाको संविधान संशोधन सम्बन्धी नै सो विधेयक भने संसद सचिवालयमा दर्ता हुन बाँकी छ । राजपाले नक्सासम्बन्धी विषय संशोधन गर्दा आफूहरुको मागलाई समेत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको थियो ।