१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले गत आर्थिक वर्षमा ९६.४५ प्रतिशत बजेट खर्च गरेको छ ।

आईतवार प्रहरी मुख्यालयमा आयोजित पत्रका सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले गत आर्थिक वर्षमा प्रहरीलाई ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार रहेको र जसमध्ये ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार खर्च भएको बताउनु भयो । उहाँले २ अर्ब ७ करोड ५५ लाख ९२ हजार ४२० खर्च हुन नसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गत आर्थिक वर्षमा नेपाल प्रहरीलाई विनियोजित भएको बजेट ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार थियो । जसको ९६.४५ प्रतिशत खर्च भएको छ । ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार खर्च भएको छ । २ अर्ब ७ करोड ५५ लाख ९२ हजार ४२० खर्च हुन सकेन । चालु आर्थिक वर्षमा नेपाल प्रहरीलाई विनियोजित बजेट ६० अर्ब ९५ करोड १३ लाख विनियोजन भएको छ ।’

उहाँले चालु आर्थिक वर्षमा नेपाल प्रहरीलाई ६० अर्ब ९५ करोड १३ लाख विनियोजन भएको बताउनु भयो ।