२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो

कोरोना कोषमा जम्मा भएको रकम खर्च गर्न थालियो, कुन-कुन जिल्लामा पठाइयो बजेट

कोरोना कोषमा जम्मा भएको रकम खर्च गर्न थालियो,  कुन-कुन जिल्लामा पठाइयो बजेट
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको रकम कोषबाट पहिलो पटक दुई दर्जन जिल्लालाई पठाएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार कोषमा जम्मा भएको रकमबाट ५ करोड १७ लाख ७९ हजार रुपैयाँ खर्च गर्न जिल्लामा पठाइएको हो । 

सरकारले काठमाडौंस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का नाममा १ करोड ३९ लाख ७९ हजार रुपैयाँ पठाइएको छ । 

यस्तै जिल्ला अस्पताल डडेल्धुरा, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर, भरतपुर अस्पताल चितवन, जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र तनहुँ, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, कपिलवस्तु र रुपन्देहीमा जिल्ला प्रशासन कार्यालयले खर्च गर्ने गरी रकम पठाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

त्यस्तै नवलपरासी पश्चिम, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा, सप्तरी, मोरङ, झापा र इलामको जिल्ला प्रशासन कार्यालयका नाममा समेत ५/५ लाखका दरले रकम पठाइएको छ । कोशी अस्पताल विराटनगर र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीलाई समेत कोषबाट क्रमशः १ करोड र ६८ लाख रुपैयाँ पठाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना कोषमा २ अर्ब ३० करोड ५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।