९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय सवारी साधनको भन्सार दर बढाएकोमा अटोमोबाइल्स व्यवसायीले जनाए विरोध



अ+ अ-

काठमाडौं । विद्युतिय सवारी साधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाईल्स व्यवसायीहरुले विरोध जनाएका छन् ।

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल’ले आइतबार पत्रकार सम्मेलन गरी सरकारले बजेट मार्फत विद्युतीय सवारी साधनमा भन्सार दर बढाएको भन्दै विरोध जनाएको हो । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाले सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतिय सवारी साधनको व्यवसायमा संलग्न व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको बताउनुभयो ।

उहाँले यस अघि सरकारले विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरेपछि व्यवसायीहरुले लगानी बढाएको अवस्थामा फेरी पेट्रोलियम सवारी साधनहरुमा जस्तै कर लगाउँदा सवारी साधनको मूल्य महँगो पर्न जाने भएकाले व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको बताउनुभयो । उहाँले कर बढाउँदा सवारी साधनको मूल्य बढ्ने र उपभोक्ताले प्रयोग गर्न नसक्ने हुने भएकाले व्यवसायीहरुको लगानी डुब्ने बताउनुभयो ।

विद्युतीय सवारीको कर बढाउँदा मूल्य बढन्े र विद्युतीय सवारी साधन कसैले पनि प्रयोग नगर्ने भएकाले विद्युत खपत पनि नबढ्ने अध्यक्ष दुलाले बताउनुभयो । उहाँले देश भित्र उत्पादित उद्युतको खपत बढाउनका लागि पनि विद्युतिय सवारी साधनमा कर वृद्धि गर्न नहुने बताउनुभयो ।

यस्तै कोरोना भाइरस रोकथामका लागि लामो समय लकडाउन गरिदा उद्योग व्यवसाय उठनै नसक्ने अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई जोगाउन लकडाउन खोल्नुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गर्दै व्यवसायीक कारोबारलाई सञ्चालनमा ल्याउन आवस्यक रहेको उहाँले बताउनुभयो ।