२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो

राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट : महतो

राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट : महतो
अ अ+ अ-

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आगामीे आर्थक बर्ष २०७७/७८ को बजेटलाई “औपनिवेशिक योजनाको निरन्तरता ”को संज्ञा दिनुभएको छ ।  

प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उहाँले “आफू मालिक र अरु भिखारी” प्रवृत्तिको औपनिवेशिक प्रकृतिको बजेट आएको टिप्पणी गर्नुभएको हो । उहाँले बजेटले आम नेपाली जनतालाई उत्साहीत बनाउन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “थप निराशातर्फ उन्मुख भएको बजेट के टिप्पणी गर्ने ? राज्यधारीहरुको पक्षपोषण गर्नका लागि ल्याईएको बजेट । राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट । राज्यविहिनहरुलाई अझ सिमान्तकृत गर्ने, अझ कमजोर गर्ने प्रकारको बजेट आउने गर्छ । यो पनि राज्यको चरित्र अनुसार नै आउने हो । औपनिवेशिक योजनाको निरन्तरता वाहेक केही पनि भन्न सकिदैन यसलाई । ”

केन्द्रीकृत बजेटले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले संघीय सरकारले आफू दाता प्रदेश तथा संघलाई बक्सिस दिएको मानसिकताले बजेट बनाएको टिप्पणी गर्नुभयो ।

लोकतन्त्रमा राज्य र नागरिक बीच राजनीतिक रुपमा सम्बद्धता, बफादारी , मालकियत, सहभागिता र सम्मान जस्ता आयाम हुने भन्दै उहाँले नागरिकले राज्यबाट सम्मान पाएको छ ? भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “ शासनमा सबै सहभागिता पाएको ? मालिकियताको अनुभूति भएको छ सबैलाई । राज्यले जनताप्रति वफादारी गरेको छ ? ”

उहाँले भन्नुभयो “राज्यको चरित्र जस्तो छ । त्यस्तै गतिविधि हुन्छ । उसको नियत जस्तो छ त्यस्तै नियम बनाउछ, कानुन बनाउँछ , संविधान बनाउँछ , बजेट बनाउँछ, शासन गर्छ, व्यवहार गर्छ । यही नेपालमा भईरहेको छ । यहाँ बहुसंख्यक जनता, आदिवासी जनजाती, मधेसी, थारु, दलित को संख्या पीडीत भएर बस्नुपर्ने अनि यहाँका अल्पसंख्यक शासक भएर हामीलाई दान दिनुपर्ने । यो बजेट भनेको त्यही हो । के कमेण्ट गर्ने ? के विश्लेषण गर्ने ?”

कोरोनका कारण भयावह बन्दै गएको परिस्थितिमा जनताको स्वास्थ्यको प्रत्याभूति गर्ने तथा तत्काल र दीर्घकालिन रुपमा सरकारले जनताप्रति निर्वाह गर्नुपर्ने कार्यक्रमहरु बजेटमा आउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले मान्छे भोकले मरिरहेका बेला सरकारले कोही भोकै मर्दैन भनेर कागजमा मात्रै नारा लगाईरहेको भन्दै आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो “अलिकति पनि नैतिकता नभएको सरकार । जनता दिन दहाडै मरिरहेको छ । यहाँ भाषण भईरहेको छ । कोही मर्न दिदैनौ रे ?”

उहाँले एकल जातिय आधारमा गरिएको शासन र नश्लिय चिन्तन एवं सोच परिर्वतन नभएसम्म जनताले सुख नपाउने बताउनुभयो ।