१४ असार २०८३, आईतवार
,
Latest
शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’ काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा काम गर्छु भनेर दस्तावेजमा उल्लेख भएका काम गर्नका लागि पैसा कहाँबाट आउँछ : रिजाल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवशरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । 

आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा रिजालले मुलुकलाई संकटबाट जोगाएर आर्थिक विकास लागि प्राप्त अवशर गुमाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यसपालि मुलुकलाई संकट छ । दुनिया सताब्दीको गहिरो संकट भोग्दै छ । यो संकटलाई अवशरमा बदल्ने कल्पनाशिलता बजेटमा अपेक्षा गरिएको थियो । बलसाली सरकारले त्यो कल्पनाशिलता देखाएन ।’’

बजेटमा काम गर्छु भनेर ८३ पेजको दस्तावेजमा उल्लेख भएका काम गर्नका लागि पैसा कहाँबाट आउँछ भनेर उहाँले प्रश्न समेत गर्नुभयो । कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहबाहेक अरुले काम नै गर्न नसक्ने अवस्थामा पनि बजेट नदिइएको उहाँले बताउनुभयो । स्थानीय तहलाई शसर्त अनुदान बाहेक सबै घटेको उल्लेख गर्दै उहाँले संघीयता बलियो बनाउने अधिकार समेत सरकारले गुमाएको बताउनुभयो ।

रिजालले स्वास्थ्य क्षेत्रमा २२, २३ अर्ब बजेट मात्रै छुट्याएर नपुग्ने बताउनुभयो । उहाँले कोरोना रोकथाम तथा नियन्त्रणका लागि छुट्याएको ६ अर्ब रुपैयाँले परीक्षण गर्न समेत नपुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘६ अर्ब परीक्षणका लागि खर्च हुन्छ । ६ लाखको खर्च गर्न सक्ने क्षमता छ ? क्षमता हुँदा अस्तिको जस्तै चलखेल हुन्छ भन्ने डर छ ।’

अझै पनि अर्थतन्त्रको उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने भन्ने समय बाँकी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘८३ पेजको दस्तावेजलाई विर्षेर फेरी अबको अर्थतन्त्र उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने, नागरिकलाई घर घरसम्म कसरी पु¥याउने भन्ने कुरा सोचौँ । त्यसका लागि साझा कुरा के हुन्छ भन्ने कुरा तर्फ लागौँ ।  साझा अठोटबाट अर्थतन्त्र कसरी बनाउन सक्छौँ भन्ने सोच्नुभयो भने अहिलेको परिस्थितलाई पनि हामी अवशरको रुपमा बदल्न सक्छौँ ।’’