२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो

कागजमा मात्रै भूमि फिर्ता गरेर हुन्दैन कालापानी, लिपुलेकमा पूर्वाधार निर्माण गर्नुपर्छ : खाँड

कागजमा मात्रै भूमि फिर्ता गरेर हुन्दैन कालापानी, लिपुलेकमा पूर्वाधार निर्माण गर्नुपर्छ  : खाँड
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले कालापानी, लिपुलेक र क्षेत्रमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न माग गर्नुभयो । 

आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा उहाँले कागजमा मात्रै भूमि फिर्ता गरेर नहुने भन्दै यस्तो माग गर्नुभएको हो । सरकारले आफ्नो भूमि फिर्ता गर्ने निर्णय गरेर संविधान संशोधन विधेयक सदनमा पेश गरेको अवस्थामा पनि त्यो क्षेत्रका विकासका लागि बजेटको व्यवस्था नभएको प्रति उहाँले प्रश्न गर्नुभयो । 

नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा मात्रै नभएर वास्तविकतामा पनि फिर्ता ल्याउन बजेट विनियोजन हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाली भूमि नेपालको नक्सामा हामीले सामेल गरेका छौँ । सरकारले संशोधन पनि ल्याएको छ । हामी त्यसको पक्षमा मतदान गछौँ । तर त्यो भूभाग कागजमा मात्रै ल्याउने हो ? व्यवहारिकतामा आउने होइन् । आउने हो भने सरकारले बाटो, पुल, विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी बनाउनुपर्यो । त्यसका लागि बजेट छ्टयाएर साँच्चै त्यो भूभाग नेपालको अधिनमा ल्याइन्छ भन्ने कमिटमेन्ट हुनुपर्छ । वास्वविक रुपमा नेपाली नै उपभोग गर्ने ढंगले यहि बजेटमै व्यवस्था गरियोस ।’’