३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट सम्मानित

साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट सम्मानित
अ+ अ-

काठमाडौँ। संस्कृति ,साहित्य र कलाको त्रिवेणी प्रसिद्ध संसाक मासिक पत्रिकाको तेह्रौँ वार्षिकोत्सवको अवसरमा साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट सम्मानित हुनुभएको छ ।

संसाक मासिक पत्रिकाले धुमधामसँग तेह्रौँ वार्षिकोत्सव मनाउने सन्दर्भमा खड्कालाई उक्त सम्मानद्वारा सम्मानित गरिएको हो । पारामाउन्ट एकेडेमी जाल्पाचोकको प्राङ्गणमा भव्यताका सम्पन्न भएको कार्यक्रममा खड्कालगायत धादिङका देवराज सिम्खडा संसाक गोपालराज / मैयादेवी काव्य पुरस्कारबाट सम्मानित हुनुभएको थियो भने बाल संसाक बालप्रतिभा पुरस्कारबाट काठमाडौँ युरो आइबी वर्ल्ड स्कुल गंगबुका प्रिन्स पाण्डे सम्मानित हुनुभएको थियो ।

वरिष्ठ साहित्यकार उत्तम विचार भेटवालले उद्घोषण गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथिको भूमिका संविधान सभा सदस्य जगदीश्वरनरसिंह के. सी. ले निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकारहरू क्रमशः प्रा. डा. गोविन्दमान कार्की, विजयध्वज थापा , गंगा कर्माचार्य पौडेल ,डा. शैलेन्दु नेपाल ,नारी विद्वत रत्न गार्गी शर्मा , प्रकाश बस्नेत गफाडी,तारा के. सी,दीपक लोहनी ,मणि लोहनी , धन्वन्तरी मिश्र ,ध्रुवराज थापा ,प्रेम राईलगायत अन्य वरिष्ठ साहित्यकारहरूको पनि गरिमामय उपस्थिति थियो ।

कार्यक्रममा सम्मानित स्रष्टाहरूलाई सम्मान गर्दा उहाँहरूको परिवारका सदस्यलाई पनि सम्मान गरेर कार्यक्रमलाई अझै रोचक बनाइएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संसाक मासिकको उपसम्पादक भवानी पन्तद्वारा गरिएको थियो भने कार्यक्रममा उपस्थित महानुभावप्रति धन्यवाद ज्ञापन उपसम्पादक तारा के. सी.द्वारा गरिएको थियो ।

कार्यक्रममा संसाकका प्रकाशक तथा सम्पादक उमेश पाण्डेले संसाकका विविध गतिविधि प्रकाश पार्दै सम्मानित स्रष्टालाई बधाई ज्ञापन गर्नुभएको थियो । त्यसैगरी वरिष्ठ साहित्यकार डा. शैलेदु नेपालले सम्मानित स्रष्टाप्रति बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संसाकको विशेष अङ्कको विमोचन पनि गरिएको थियो ।

कार्यक्रममा सम्मानित स्रष्टा देवराज सिम्खडाले सम्मानित स्रष्टाको तर्फबाट आफ्ना सारगर्भित मन्तव्य राख्नुभएको थियो । सम्मानित स्रष्टा गंगा खड्काले भने आफ्नो लघुकथा ‘गरिमा ’ वाचन गरेर सुनाउनुभएको थियो । निर्धारित समयमा सुरु गरेर आयोजना गरिएको सो कार्यक्रम छोटो ,मीठो र उत्कृष्ट थियो ।