३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

कुलिङ अफ पिरियड छेडखानीमा प्रधानमन्त्री ओलीलाई छानविनको दायरामा ल्याउन प्रचण्डको माग

कुलिङ अफ पिरियड छेडखानीमा प्रधानमन्त्री ओलीलाई छानविनको दायरामा ल्याउन प्रचण्डको माग
अ+ अ-

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने माग गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले संघीय निजामति ऐनमा कुलिङ अफ पिरियडबारे भएको छेडखानी आफूलाई पहिला नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका रहेपनि आधार नरहेको तर अहिले राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुको क्रियाकलपाका कारण प्रधानमन्त्री नै संलग्न भएको आधार पुष्टि भएको जिकिर गर्नुभयो । उहाँले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताउनु भयो । एमाले पार्टीको नेतृत्वकै कारण कुलिङ अफ पिरियडमा छेडखानी भएको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘तपाईंहरुले देख्नुभएको छ । अहिले जालझेल, ठगी, भ्रष्टाचार, बेइमानी सरकारको परिभाषा जस्तो भएको छ । अहिलेको सरकार भनेकै त्यस्तै हो । जसरी संघीय निजामति ऐन सुन्नुभएको छ । कुलिङ अफ पिरियड दुई वर्ष सर्वसम्मत भएको हो । सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा पहिला भन्दा त सबैले संशोधन राख्ने दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो । तर अहिले त्यो राख्न हुँदैन भनेर लास्टमा गएपछि चिज के रहेछ भन्नेकुरा बिरालोले अन्तिममा म्याउँ गरिछोड्यो भन्नेकुरा जस्तो एमालेले म्याउँ गरि नै हाल्यो । उसको नै रहेछ नियत, षड्यन्त्र गर्ने, यसका निम्ति जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्छ । संसदीय छानविन समितिलाई भनेको छु, संकाको सुई त पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो । तर ठोस रुपमा भन्ने आधार थिएन, अहिले एमालेका सांसदहरुले गरेको गतिविधि र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । छानविनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ हामीले भनेका छौँ । हाम्रा माननीय सदस्यहरुले सदनमा पनि उठाउनुभएको छ ।’

अध्यक्ष दाहालले अहिले जालझेल, ठगी, बेइमानी र भ्रष्टाचारको परिभाषा सरकार भएको आरोप लगाउनु भयो । —न्युज एजेन्सी नेपाल