२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा रोक

कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा  रोक
अ अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ ।  प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर  दैलेख क्षेत्र नं १ (ख) बाट र सुशील  क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । 

दुवैलाई कोभिड–१९ बाट सुरक्षित रहन प्रदेशसभाले बनाएको आचारसंहिताको उल्लङ्घन गरी सङ्क्रमणको उच्च जोखिममा रहेको जिल्लामा गएको आरोप छ । दैलेखमा कोरोना सङ्क्रमण बढ्दै गएपछि प्रदेशसभा सदस्यद्वय क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन निरीक्षण र जिल्ला भित्रिने नागरिकको उद्धारमा खटिनुभएको थियो । 

सभामुख राजबहादुर शाहीले आइतबारको बैठकमा अहिलेको अवस्थामा सबै सदस्यले सतर्कता अपनाउनुपर्ने जनाउँदै बजेट अधिवेशनभर कुनै पनि सदस्यलाई बाहिर नजान र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन रुलिङ गर्नुभएको थियो । उहाँले टेलिफोन गरी सदस्यद्वयलाई एक साता होम क्वारेन्टिन बस्न र  अनिवार्य कोरोना परीक्षण गरेर मात्र बैठकमा सहभागी हुन आग्रह गर्नुभएको छ । 

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्रदेशसभा सचिवालयको अनुमतिबेगर जिल्लामा जाने सबैका लागि यो नियम लागू हुने बताउनुभयो । “कोभिड–१९ बाट सुरक्षित रहन प्रदेशसभाले बैठकमा सहभागी सबै माननीय, मर्यादापालक, पत्रकार, कर्मचारीसमेतको पिसिआर परीक्षण गरिएको थियो, बैठकमा सामाजिक दूरी कायम गर्ने गरिएको छ, निर्मलीकरणका सबै उपाय अपनाइरहेका बेला उहाँहरु जिल्ला जानुभयो”, सचिव बुढाथोकीले भन्नुभयो, “एक साताका लागि भनेर रोक लगाइएको छैन, कोरोना परीक्षण गरेर बैठकमा आउनसक्नुहुन्छ ।”

प्रदेशसभा सदस्य सुशील थापाले सभामुखले पूर्वाग्रही भएर आफूहरुलाई बैठक प्रवेशमा निषेध गरेको प्रतिक्रिया दिनुभयो । “हामी गृहजिल्ला पुगेर कोरोना नियन्त्रणका सम्बन्धमा उच्चस्तरीय बैठकमा सहभागी भएर आएका हौँ, विपद्को बेला जनप्रतिनिधि जनतामाझ पुगेको विषयलाई अन्यथा लिनुहुँदैन”, उहाँले भन्नुभयो । 

सभामुखले कसैलाई काखा, कसैलाई पाखाको व्यवहार गरेको उहाँको आरोप छ । “अन्य माननीय र मन्त्रीहरु आफूखुशी हिँडडुल गर्दा आचारसंहिता लागू नहुने, हामीलाई मात्र लागू हुने न्यायोचित छैन”, प्रदेशसभा सदस्य सुशील थापाले भन्नुभयो, “जनतामाझ जानु गल्ती होइन, सुरक्षाका सबै विधि अपनाएरै जिल्लामा पुगेका हौँ ।” अर्का प्रदेशसभा सदस्य अम्मरबहादुरले पनि सभामुखले पिसिआर परीक्षण गरेर एक सातापछि बैठकमा आउन टेलिफोन गरेको बताउनुभयो ।