१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले बगाउँदा दुई मजदुर बेपत्ता



अ+ अ-

डोटी । भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुईजना मजदुर वेपत्ता भएका छन् ।

कैलालीको चुरे गाउँपालिका–१ मिलनपुर नजिकै पातली खोलाको किनारमा पाल टाँगेर बसेका सहजपुर बोगटान सडक खण्डमा काम गर्ने दुई जना मजदुरलाई गएराति बाढीले बगाउँदा बेपत्ता भएको  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाढीले बगाएर बेपत्ता हुनेमा कञ्चनपुर गुलरिया नगरपालिका–४ का ४५ वर्षीय कमल थापा र सोही नगरपालिकाका २४ वर्षीय गोपाल कामी रहेका छन् । दुबै जनाको खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय फल्टुडेबाट प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।