७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

अमेरिकामा थामिएन बिराेध, गभर्नरहरूले काम गर्न नसकेकाे ट्रम्पकाे आराेप

अमेरिकामा थामिएन बिराेध, गभर्नरहरूले काम गर्न नसकेकाे ट्रम्पकाे आराेप
अ+ अ-

संयुक्त राज्य अमेरिकामा अहिले एक अश्वेत नागरिक जर्ज फ्लाेएडकाे प्रहरीकाे निर्मम कारबाहीमा मृत्यु भएपछि भड्किएकाे हिंसा थामिने कुनै छाँट छैन । अमेरिका सबैजसाे ठूला शहरहरू न्यूयाेर्क, मिनियापाेलिस, लस एन्जलस समेतमा प्रदर्शनहरू भइरहेका छन् । अश्वेत नागरिकमाथि प्रहरीले बेलाबखत चरम शक्ति प्रयाेग गरेकाे याे पहिलाे घटना भने हाेइन । विगतमा पनि अश्वेत समूदायले आफूहरूमाथि विभेद हुने गरेकाे भन्दै आवाज उठाइरहेकै थिए ।

तर यसपटककाे विराेध अलि भिन्न देखिएकाे छ । यसपटककाे प्रदर्शन निकै हिंसात्मक भइरहेकाे छ । धेरै शहरमा निषेधाज्ञा लागू गरिए पनि मानिसहरू त्यसलाइ बेवास्ता गरी ताेडफाेड, लुटपाट, आगजनीमा उत्रिएका छन् । घटनाप्रति सबै गम्भीर भए पनि समस्या सुल्झाउन ठाेस प्रयास नभएजस्ताे देखिएकाे छ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अश्वेत व्यक्तिकाे मृत्युप्रति दुःख प्रकट गरे पनि हाल जारी हिंसा राेक्नेतर्फ पर्याप्त चासाे दिएका छैनन् । बरू प्रदर्शनकारीहरू दक्षिणपन्थी, बामपन्थी झुकाव राख्ने, अतिवादी समूहका सदस्य रहेका बताइरहेका छन् ।

ट्रम्पले साेमबार ट्वीट गरी राज्यका गभर्नरहरूले हिंसा राेक्न पर्याप्त काम नगरेकाे, कमजाेर देखिएकाे बताउँदै सबैजसाे गभर्नरहरू हिंसा राेक्नेभन्दा त्यसलाइ टुलुटुलु हेरिरहेकाे बताउनुभएकाे छ ।

तर समाचार संस्था एपीका अनुसार न्यूयाेर्कका मेयरले प्रदर्शनकारीकाे व्यवहार उद्दण्ड भए पनि अधिकतम संयमता अपनाउन आदेश दिनुभएकाे छ ।

अमेरिकामा जारी पछिल्ला प्रदर्शनका केही झलकहरूः (तस्वीरहरूः एपी)