७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

एक लाख ३८ हजार मानिस लडाइँबाट भागेपछि कम्बोडियासँग युद्ध हुनसक्ने थाइल्यान्डको चेतावनी

एक लाख ३८ हजार मानिस लडाइँबाट भागेपछि कम्बोडियासँग युद्ध हुनसक्ने थाइल्यान्डको चेतावनी
In this photo released by the Royal Thai Army, Thai soldiers inspect a border area on Sunday, July 20, 2025, in Ubon Ratchathani province, where the Royal Thai Army said two anti-personnel landmines were found. (Royal Thai Army via AP)
अ+ अ-

एजेन्सी । दुवै देशले दोस्रो दिन घातक आक्रमणहरू गरिरहेको बेला थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाइले शुक्रबार कम्बोडियासँगको सीमापार झडपले एक लाख ३० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको भन्दै यो झडप ‘युद्धमा परिणत’ हुनसक्ने चेतावनी दिनुभएको छ ।

लामो समयदेखि चलिरहेको सीमा विवाद बिहीबार जेट, तोपखाना, ट्याङ्क र स्थल सैनिकहरूसहित तीव्र लडाइँमा परिणत भएको छ र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले शुक्रबार पछि यस सङ्कटमा आपत्कालीन बैठक गर्ने तयारी गरेको छ ।

सीमाको कम्बोडियाली पक्षबाट लगातार तोप आक्रमणको आवाज सुन्न सकिन्छ । त्यहाँ ओड्डर मिन्चे प्रान्तले एक ७० वर्षीय नागरिक मारिएको र पाँच जना घाइते भएको रिपोर्ट गरेको छ ।

थाइल्यान्डको सीमावर्ती क्षेत्रहरूबाट एक लाख ३८ हजारभन्दा बढी मानिसलाई बाहिर निकालिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले १४ नागरिक र एक सैनिकसहित १५ जनाको मृत्यु भएको र १५ सैनिकसहित ४६ जना घाइते भएको बताएको छ ।

“हामीले छिमेकी भएकाले सम्झौता गर्ने प्रयास गरेका छौँ, तर अब हामीले थाई सेनालाई जरुरी अवस्थामा तुरुन्तै कार्य गर्न निर्देशन दिएका छौँ”, वेचाचाइले बैङ्ककमा पत्रकारहरूलाई भन्नुभयो, “यदि स्थिति बढ्यो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेका लागि यो झडपमा मात्र सीमित छ ।”

सीमाबाट २० किलोमिटर ९१२ माइल० टाढा रहेको कम्बोडियाको सहर सामराङमा एएफपीका पत्रकारहरूले गोली चल्दा परिवारहरू आफ्ना छोराछोरी र सामानहरू लिएर गाडीमा द्रुत गतिमा भागेको देखेका छन् ।

“म सीमा नजिकै बस्छु । हामी डराएका छौँ किनभने उनीहरूले बिहान ६ः०० बजे फेरि गोली चलाउन थाले”, ४१ वर्षीय प्रो बाकले भन्नुभयो ।

उहाँले आफ्नी श्रीमती र बच्चाहरूलाई शरण खोज्न बौद्ध मन्दिरमा लैजाँदै हुनुहुन्थ्यो । “हामी कहिले घर फर्कन सक्छौँ मलाई थाहा छैन”, उहाँले भन्नुभयो ।

एएफपीका पत्रकारहरूले पनि सैनिकहरू रकेट लन्चरहरू चलाउन र सीमातिर द्रुत गतिमा दौडिरहेको देखे ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफूले बिहीबार दुवै देशका नेताहरूसँग वार्ता गरेको र युद्धविराम र संवादको आह्वान गरेको बताउनुभयो । मलेसियाले हाल क्षेत्रीय समूह आसियानको अध्यक्षता गरिरहेको छ ।

“म बैङ्कक र नोम पेन्ह दुवैले यो अगाडिको बाटो विचार गर्न देखाएको सकारात्मक सङ्केत र इच्छाशक्तिको स्वागत गर्छु”, उहाँले बिहीबार साँझ फेसबुक पोस्टमा भन्नुभयो ।

तर अनवरको आशावादका बावजुद थाई सेनाले शुक्रबार बिहान ४ः०० बजे (२१०० जिएमटी बिहीबार) तीन क्षेत्रमा लडाइँ पुनः सुरु भएको बताएको छ ।

कम्बोडियाली सेनाले भारी हतियार, फिल्ड आर्टिलरी र बिएम–२१ रकेट प्रणालीले बमबारी गरेको बताएको छ । थाई सेनाले ‘उचित सहायक फायर’ का साथ जवाफ दिएको बताएको छ ।

शान्तिका लागि आह्वान

यो लडाइँले छिमेकी देशहरूबीचको साझा आठ सय किलोमिटर (पाँच सय माइल) सीमालाई लिएर लामो समयदेखि चलिरहेको विवादमा नाटकीय वृद्धि भएको छ । दुवै मुलुकको साझा सीमामा लाखौँ विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यहरू छन् ।

धेरै क्षेत्रमा दर्जनौँ किलोमिटर विवादित छ । सन् २००८ र सन् २०११ को बीचमा लडाइँ सुरु हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको थियो भने हजारौँ विस्थापित भएका थिए ।

सन् २०१३ मा संयुक्त राष्ट्रसङ्घको अदालतले एक दशकभन्दा बढी समयका लागि यो मुद्दा सुल्झाएको थियो, तर हालको सङ्कट मे महिनामा नयाँ झडपमा एक कम्बोडियाली सैनिक मारिएपछि सुरु भयो ।

थाई सेनाका अनुसार बिहीबारको लडाइँ दुई प्राचीन मन्दिरसहित छवटा स्थानमा केन्द्रित थियो ।

ट्याङ्कहरूद्वारा सुसज्जित स्थल सेनाहरूले क्षेत्रको नियन्त्रणका लागि लडाइँ गरे भने कम्बोडियाले थाइल्यान्डमा रकेट र गोलाहरू प्रहार गर्‍यो र थाईहरूले सीमापारका सैन्य लक्ष्यहरूमा प्रहार गर्न एफ–१६ जेटहरू उडाए ।

दुवै पक्षले पहिले गोली चलाएकोमा एकअर्कालाई दोष दिएका छन् । थाइल्यान्डले कम्बोडियालाई गोला प्रहार गरेको अस्पताल र कम्तीमा एउटा रकेटले प्रहार गरेको पेट्रोल स्टेसनसहित नागरिक पूर्वाधारलाई लक्षित गरेको आरोप लगाएको छ ।

थाइल्यान्डले कम्बोडियाली राजदूतलाई निष्कासन गरेको र थाई सैन्य गस्तीका पाँच सदस्य बारुदी सुरुङमा घाइते भएपछि आफ्नै दूतलाई फिर्ता बोलाएको केही घण्टापछि बिहीबारको झडप भएको थियो ।

कम्बोडियाले बिहीबार सम्बन्धलाई ‘निम्नतम स्तर’ मा घटायो, एक बाहेक आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता बोलायो र नोम पेन्हबाट उनीहरूका थाई समकक्षहरूलाई निष्कासन गर्‍यो ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले घातक झडपहरूबारे छलफल गर्न शुक्रबार आपत्कालीन बैठक आयोजना गर्ने कूटनीतिक स्रोतहरूले बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले द्वन्द्वको ‘तत्काल’ अन्त्य गर्न आग्रह गरेको छ भने कम्बोडियाको पूर्व औपनिवेशिक शासक फ्रान्सले पनि यस्तै आह्वान गरेको छ ।

नोम पेन्हको निकट सहयोगी युरोपेली सङ्घ ९इयु० र चीनले वार्ताको आह्वान गर्दै द्वन्द्वबारे ‘गहिरो चिन्ता’ व्यक्त गरेका छन् ।