१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीले दिए राजीनामा



अ+ अ-

हेटौँडा । बागमती प्रदेश सरकारका चार मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार नेपाली कांग्रेसबाट मन्त्री बनेका चार जनाले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन् ।

कांग्रेस सांसदहरूले मुख्यमन्त्री लामालाई ह्वाट्स एपमा पत्र पठाउदै उनीहरुले विविध कारणले जिम्मेवारी बहस गर्न सक्ने अवस्था नरहेकोले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

उनीहरुले आजको मितिसम्म मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक निर्वाचन गर्न दिएकोमा मुख्यमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने पहलस्वरुप उनीहरुले एकैसाथ राजीनामा दिएको बुझिएको छ ।