२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कोरोना लक्षण नदेखएका संक्रमितलाई घरमै राख्ने



अ+ अ-

काठमाडौं । सरकारले कोरोना लक्षण नदेखएका संक्रमितलाई घरमै राख्ने तयारी गरेको छ । संक्रमित संख्या २ हजार नाघ्न लागेसँगै सरकारले घरमै लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा पठाउने तयारी गरेको हो।

स्वास्थ्य मन्त्रालयले एक महिनाअघि नै संक्रमित संख्यालाई मध्यनजर गर्दै संक्रमित संख्यालाई चार वटा समूहमा वर्गीकरण गरी कसरी उपचार गर्ने भन्ने उल्लेख छ। जसअनुसार सुरूका २ हजार संक्रमित सबैलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने भन्ने उल्लेख छ।

यस्तै, संक्रमित संख्या दुई हजार नाघेपछि लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा राखिने भनिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पनि अब लक्षणको आधारमा संक्रमितलाई अस्पताल भर्ना गरिने जानकारी दिए।

अहिलेसम्म कोरोनाको लक्षण देखिएको भनेको स्वासप्रस्वासमा समस्या आउने, ज्वरो आउने, छाती दुख्ने, शरीर थकित महशुस हुने, स्वाद र गन्ध थाहा नपाउने आदि हो। तर नेपालमा केही संक्रमितमा वान्ता गर्ने समस्या पनि देखिएको छ। अब यस्ता लक्षण नभएका र सामान्य अवस्थामा रहेका संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने सरकारले तयारी गरेको हो।