२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

केन्द्रीय बैंकले ल्यायो पुनःकर्जा कार्यविधि

केन्द्रीय बैंकले ल्यायो पुनःकर्जा कार्यविधि
अ अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ । 

कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार्यविधि ल्याएको हो ।

बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनःकर्जा लिन सकिने गरी प्रबन्ध गरेको छ । लघु, घरेलु तथा साना उद्यमका लागि केन्द्रीय बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउने छ । 

बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशत ब्याज लिएर त्यस्तो कर्जा प्रवाह गर्न सक्नेछन् । यस्तै विशेष पुनःकर्जामा राष्ट्र बैंकले एक प्रतिशतमा रकम दिनेछ । सो रकममा बैंक तथा वित्तीय संस्थाले तीन प्रतिशत ब्याज लिन सक्नेछन् । साधारण पुनःकर्जामा राष्ट्र बैंकले तीन प्रतिशत ब्याजदरमा रकम दिनेछ । त्यस्तो रकम बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न पाउनेछन् ।
 
पुनःकर्जा कोषको सीमा सञ्चालक समितिले समय निर्धारण गरेबमोजिम हुनेछ । केन्द्रीय बैंकका अनुसार प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनःकर्जा, रु १० करोडसम्मका विशेष पुनःकर्जा र साधारण पुनःकर्जा इजाजतपत्र प्राप्त क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्टरूपमा प्रदान गरिनेछ ।  

राष्ट्र बैंकको निर्देशनानुसार बैंक तथा वित्तीय संस्थाले समय तोकेर कर्जाका लागि आह्वान गर्नेछ । तोकिएको कागजातसहित ग्राहकले बैंकका सम्बन्धित शाखामा निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएको एक महिनाभित्र उक्त पुनःकर्र्जासम्बन्धी निर्णय गरिनेछ । बैंकका प्रतिशाखा पाँच ग्राहकले मात्रै त्यस्तो कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । 

यस्तै उद्योगको सञ्चालन अवस्था राम्रो रहेको वा विगत तीन वर्षको मुनाफा हेर्दा औषतमा प्रतिवर्ष पूँजीमा प्रतिफल २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायले भने त्यस्तो कर्जा पाउने छैनन् । चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खालगायत सूर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जासमेत अयोग्य हुनेछ ।