२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

अब सवारी पासको निवेदन इमेलमार्फत, यसअघिको सात दिने पास मान्य

अब सवारी पासको निवेदन इमेलमार्फत, यसअघिको सात दिने पास मान्य
अ अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार सार्वजनिक निर्माणकार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाले प्रयोग गर्दै आएको सवारी पाससमेत थपिएको बन्दाबन्दीको अवधिमा प्रयोग गर्न पाउनेछन् । निलो रङ्को पास मात्रै मान्य हुनेछ ।

यही १७ गतेको मन्त्रिपरिषद् बैठकले आजसम्म तोकिएको बन्दाबन्दीको अवधि थपेर ३२ गतेसम्म जारी राख्ने निर्णय गरिसकेको छ । थपिएको अवधिमा अन्योलता सिर्जना नहोस् भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले मान्यता पाउने र मान्यता नपाउने सवारी पासको बारेमा आज विज्ञप्तिमार्फत जानकारी गराएको छ ।  

सङ्घसंस्थाको हकमा नियामक निकायबाट पास लिनुपर्ने र अन्य व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने छ । सवारी पासका लागि कार्यालयमा भीडभाड हुँदा सङ्क्रमण फैलिन सक्ने भन्दै यसपालि भने पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमार्फत लिइने भएको छ । यसका लागि धधध।मबयदबदबचmबजब२िनmबष्।िअयm मा पठाउनुपर्ने छ । पास बनेको जानकारी भएपछि मात्रै कार्यालयमा आउन आग्रह गरिएको छ ।

एम्बुलेन्स, शववाहन, औषधि तथा स्वास्थ्य सामग्री औद्योगिक कच्चा पदार्थ तथा तयारी कृषिका मालवस्तु पेट्रोलियम पदार्थ, ग्यास, खानेपानी ढुवानीका सवारीलाई भने पास चाहिने छैन । यस्तै सबै प्रकारका खाद्यवस्तु, पशुपक्षी आहार, खसीबोका, दूध तथा दुग्धजन्य एवं निर्माण सामग्री बोक्ने सवारीलाई समेत पास चाहिने छैन, तर ती सवारीले यात्रु बोकेमा भने कारवाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यका भित्रिने नाकामा भने सवारी आवागमनमा पूर्ण कडाइ गरिएको छ । माथि उल्लेखितबाहेकका सवारी तथा पैदलयात्रुलाई भने उपत्यका प्रवेशमा रोक लगाइएको छ । 

निर्माण सामग्री बोकेका गाडी भने राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने यसअघिको व्यवस्थालाई कायम गरिएको छ । सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका दृष्टिले मुलुक पनि जोखिम परेको भन्दै गत चैत ११ गतेबाट अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो । 

यसअघि गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि परिपत्र जारी गर्दै काठमाडौँ उपत्यका प्रवेशका सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्णरुपमा सिल गर्न भनिसकेको छ । लुकीछिपी हुने प्रवेशलाई समेत रोक्न आग्रह गरिएको छ ।

काठमाडौँ उपत्यकाका सबै स्थानीय तहहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पाटीप्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्यस्थलहरुलाई क्वारेन्टिन बनाउन र क्वारेन्टिनमा बस्ने व्यक्ति स्वयंले क्वारेन्टिन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टिन प्रयोजनका लागि लागत सङ्कलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउन पनि भनिएको छ । 

गृहले काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडिटी  गरी सोको रिपोर्टसाथ काठमाडौँ उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने निर्णय गरिसकेको छ ।

भित्री सडकमा भीडभाड कायमै, गाडीको चाप बढ्यो 

काठमाडौँको भित्री सडक तथा गल्लीमा भने मानिसको भीडभाड कायमै छ । त्यहाँ सामाजिक दूरीसमेत कायम गरेको पाइएको छैन । पछिल्लो समयमा उपत्यकामा पनि साना सवारी र मोटरसाइकलको चाप बढ्दो छ । पैदलयात्रुसमेत बढिरहेको पाइन्छ । मुख्य सडक, गल्ली तथा भित्री सडकमा अनावश्यक भीडभाड भएको पाइएकाले सचेत हुन स्थानीय प्रशासनले अनुरोधसमेत गरेको छ । भित्री सडकमा बिहान १० बजेसम्म अत्यावश्यक वस्तु खरिदका लागि खुला गर्ने गरिएको छ । त्यसपछि प्रहरीले स्थानीयलाई हटाउने र पसल बन्द गर्दै आएका छन् । तर प्रभावकारी हुनसकेको छैन ।

सङ्क्रमणदर बढ्दै गएकाले सरकारले बन्दाबन्दीको अवधि थप्दै आएको छ भने विकास निर्माण तथा औद्योगिक क्षेत्रको कामकारवाहीमा खुकुलो बनाउँदै आएको छ । तर आवागमनमा भने अझै कडाइ गर्नुपर्ने अवस्था रहेकाले बन्दाबन्दी कायमै राखिएको हो । मुलुकमा कोभिड–१९ का कारण हालसम्म आठ जनाले ज्यान गुमाएका छन् भने एक हजार ८०० भन्दा बढीमा सङ्क्रमण देखिइसकिएको छ । पछिल्ला केही दिनमा भने तीन अङ्कको सङ्क्रमण वृद्धिदर छ । 

मुख्यगरी भारतको खुला सीमाका कारण सीमावर्ती जिल्लामा लुकीछिपी मानिस प्रवेश गर्दा बढी सङ्क्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो चरणमा सरकारले परीक्षणको दायरा बढाउँदै लगेको र क्वारेन्टिनको क्षमतासमेत बढाउँदै लगेको जानकारी दिनुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ रोग नियन्त्रणका लागि चाहिने बजेटको कुनै कमी नहुने बताइसक्नुभएको छ ।