९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसदहरुद्वारा संविधान संशोधन विधेयक दर्ता



अ+ अ-

काठमाडाैंः नेपाली कांग्रेसका केही सांसदहरुले संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।

विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरुले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन् ।

सांसद अमरेशकुमार सिंहले यस अघिको कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई नै अगाडि बढाइएको बताउनुभयो । उहाँले आफुहरुले दर्ता गराएको विधेयकले सम्पूर्ण जनतालाई समानताको बोध हुने र तराई मधेसमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संविधान संशोधन सरकारले दर्ता गरिसकेपछि हाम्रो पार्टी नेपाली कांग्रेसको नेतृत्वको सरकारको बेलामा जुन विधेयक संविधान संशोधनको लागि दर्ता भएको थियो त्यो तत्कालिन एमालेको असहयोगको कारण पारित हुन सकेन त्यही विधेयकलाई हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयले फेरी अगाडी बढाउने निर्णय गरेको हुनाले त्यो निर्णयको कार्यान्वयन स्वरुप हामी प्रतिनिधि सभाका नेपाली कांग्रेसका सदस्यहरु त्यो विधेयकलाई फेरी आज दर्ता गराउने प्रक्रियामा छौं ।’

कांग्रेस सांसदहरुले दर्ता गराएको विधेयकमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषयहरु राखिएका छन् ।

विधेयक दर्ताका लागि सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चत्रलेखा यादव, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी, पद्मनारायण चौधरी लगायत संसद सचिवालय पुगेका थिए ।