२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसन

अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसन
अ अ+ अ-

बलेवा । सरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ । यसअघि निर्माण भएका १६ श्ययाका आइसोलेसनकक्ष भरिभराउ हुन थालेपछि विकल्पको खोजी हुन थालेको हो । भारतबाट आएकामा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि थप आइसोलेसन वार्ड बनाउन जिल्ला कमाण्ड पोष्टसहित सरोकारवाला जुटेको जिल्ला कमाण्ड पोष्ट बागलुङका संयोजक गौलोचन सैँजूले बताउनुभयो । सदरमुकामका विद्यालय, क्याम्पस र सदरमुकाम आसपासका सम्भावित स्थानको खोजी थालिएको हो । “हामी तयार रहनुपर्छ भन्ने हो सम्भावित ठाउँका विषयमा छलफल चलेको छ”, सैँजूले भने, “सदरमुकाम बाहिरका स्थानका विषयमा समेत सम्बन्धित स्थानीय सरकारसँग छलफल थालेका छौँ ।” यसअघि सदरमुकाममा रहेको धवलागिरि अस्पातलमा १२ श्यया, सदरमुकाममै रहेका निलगिरि अस्पताल, सफल पोली क्लिनिक र गलकोटमा रहेको आरोग्य अस्पतालमा गरी चार श्ययाको आइसोलेसन तयार गरिएको थियो । अहिले धवलागिरि अस्पतालमा एक शङ्कास्पदसहित सात जनाको आइसोलेसनमै उपचार हुँदैछ भने अरु तयार रहेका आइसोलेसन बाँकी छन् ।

जिल्ला कमाण्ड पोष्ट र बागलुङ नगरपालिकाले धवलागिरि बहुमुखी क्याम्पसको भवन मङ्गलबार अवलोकन गरेका छन् । अस्पताल नजिक रहेको भवन उपयुक्त रहेकाले थप ५० श्ययाको आइसोलेसन गर्ने गरी तयारी थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “क्वारेन्टिनमा रहेका धेरै जनाको परीक्षणका लागि स्वाब पठाइएको छ, अहिलेसम्मको अवस्था हेर्दा भारतबाट आएकामा नतिजा पोजेटिभ आइरहेका छन्”, पौडेलले भने, “झण्डै २०० को नजिता आउन बाँकी छ, स्वाब लिन बाँकी रहेकाको पनि लिनु छ, यदि पोजेटिभ आए राख्ने उपचार गर्ने ठाउँको जोहो त गर्नै पर्यो ।”
 
उनले ५० जनासम्मका लागि धवलागिरि बहुमुखी क्याम्पसमा र बाँकी जिल्लाका अन्य स्थानमा समेत आइसोलेसन विस्तार गर्नुपर्ने बताए । पौडेलका अनुसार कुश्मीशेरा, गलकोट, बुर्तिवाङ, खर्वाङलगायत स्थानमा आइसोलेसन बनाउन जिल्ला तहमा छलफल शुरु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय भारतबाट आएका र अन्य केही गरी ३२७ को स्वाब प्रादेशिक प्रयोगशालामा परीक्षणका क्रममा छ । मङ्गलबार मात्रै सङ्कलन भएका ७७ जनाको स्वाब बुधबार प्रयोगशाला पुग्नेछन् ।

उनीहरुमध्ये अधिकांश भारतबाट आएर स्थानीय तहको क्वारेन्टिनमा पाँच दिन समय बिताएका हुन् । “सङ्क्रमितको सङ्ख्या धेरै भएको मुलुकबाट आएकाले सम्भावना धेरै रहन्छ”, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, “स्थानीय तहको क्वारेन्टिनमा एक हजार ३४१ जना हुनुहुन्छ ।” छिटफुट मात्रै सङ्क्रमण देखापरे पनि तत्काल उपचार थाल्न आइसोलेसनको अभाव रहेकाले विकल्प खोज्न थालिएको हो ।