२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

छुवाछूत समाजको विडम्वना हो: मुख्यमन्त्री गुरुङ

छुवाछूत समाजको विडम्वना हो: मुख्यमन्त्री गुरुङ
अ अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव–मानवबीचमा जातका आधारमा भेदभाव तथा छुवाछूतजन्य व्यवहार र गतिविधि देखिनु विडम्वनापूर्ण रहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज एक सन्देश प्रकाशित गर्दै उनले समाजमा अहिले पनि सामन्तवादको अवशेषका रूपमा छुवाछूतजन्य व्यवहार कायम रहेको र यस्तो कुरा रत्तिभर पनि सह्य नहुने स्पष्ट पारे ।  संवैधानिक र कानूनीरूपमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव गर्न नपाइने एवं सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा दण्डनीय हुने स्पष्ट व्यवस्था रहेको मुख्यमन्त्रीले स्पष्ट पारेका छन् । छुवाछूत नेपालको संविधान, कानून र सामाजिक न्यायसहितको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई व्यवहारमा सार्थक तुल्याउने हाम्रो सामूहिक सङ्कल्पका अगाडि खडा भएको साझा चुनौती पनि हो र यसको हामी सामूहिकरूपमा नै सामना गर्नुपर्दछ भोका छन् । 

सन्देशमा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको बागलुङमा जन्मनुभएका नेपालको सङ्गठित दलित मुक्ति आन्दोलनका संस्थापक भगत सर्वजीत विश्वकर्मालगायत सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

नेपाली समाजमा विद्यमान सबै प्रकारका अन्याय, विभेद र उत्पीडनको अन्त्य गर्दै मानवीय मूल्य र मान्यता स्थापित भएको सभ्य र समतामूलक समाज निर्माणमा आ–आफ्नो ठाउँबाट अर्थपूर्ण भूमिका निर्वाह गर्न आजको दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत मुख्यमन्त्री गुरुङले गरेका छन् । कोभिड–१९ विरुद्धको लडाइँमा पूर्ण सफलता प्राप्त गर्न र यस विश्व सङ्कटको बेलामा अझ दृढतापूर्वक जुट्न आजको दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास मुख्यमन्त्रीको रहेको छ ।