२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

कतारमाथि प्रतिबन्धको चौथो वर्ष प्रवेश, गतिरोध अझै जारी

कतारमाथि प्रतिबन्धको चौथो वर्ष प्रवेश, गतिरोध अझै जारी
अ अ+ अ-

दोहा । खाडी राष्ट्र कतार र साउदी अरेबियाको अग्रसरतामा निर्मित गठबन्धनबीच बनेको तिक्ततापूर्ण शत्रुता यही शुक्रबार चौथो वर्षमा प्रवेश गर्दैछ । यी दुई पक्षबीचको असमझदारी तत्कालै टुंगिने कुनै संकेत देखिएको छैन । 

सन् २०१७ को जुन महिनामा साउदी अरेबियाका मित्रदेशहरु संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले कतारसँगको सबै सम्बन्ध एकाएक तोडेका थिए । कतारले कट्टरपन्थी इस्लामिक अभियान र इरानलाई सहयोग गरिरहेको उनीहरुको आरोप थियो, तर कतारले यी आरोपमा सत्यता नभएको भन्दै आजपर्यन्त निरन्तर खण्डन गरिरहेको छ । 

यसै वर्ष यी असमझदारी हट्ने र पूर्ववत सम्बन्ध कायम हुने संकेतहरु देखिएका भए पनि प्रगति हुन सकेको छैन ।

सन् २०१७ मे २४ मा कतारका शासकको नामबाट राज्य संचालित समाचार एजेन्सीको वेबसाइटमा एउटा वक्तव्य प्रकाशन हुन्छ । यो विज्ञप्तिमा इस्लामिक क्रान्तिलाई कतारको समर्थन रहेको तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरिएको थियो ।

उक्त विज्ञप्ति प्रकाशन भएलगत्तै कतारले सो सामग्री गलत भएको र कसैले समाचार संस्थाको साइट ह्याक गरेको जनायो । तर यो विज्ञप्तिलाई आधार बनाएर खाडी क्षेत्रका संचार माध्यमले समाचार सम्प्रेषण गरेका थिए । 

जुन ५ मा साउदी अरेबिया र यसका गठबन्धन मुलुकहरुले एकाएक कतारसँगका सबै सम्बन्ध तोडेको घोषणा गरे । 

यस घोषणामा कतारसँगको हवाई, सडक, सोझो सिपिङ र कुटनीतिक सम्बन्ध सबै तोडिएको कुरा उल्लेख थियो ।

अरु मुलुकले पनि आफ्नै किसिमले कतिपय अवस्थामा सामान्य प्रतिबन्धहरु घोषणा गरे ।

त्यसको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आफूले हालै अरब राष्ट्रहरुको भ्रमण गर्दा कतारमाथि औंला उठाएका र कट्टरपन्थी विचारधारालाई समर्थन जनाएका बताउनुभएको थियो । 

त्यही महिनाको अन्त्यतिर साउदी गठबन्धनले कतारले सुधार गर्नुपर्ने १३ बुँदे विषय सार्वजनिक गरेको थियो । ती बुँदामा अन्य कुराका अतिरिक्त अल–जजिराको दोहास्थित कार्यालय बन्द गर्नुपर्ने तथा टर्कीको सैन्य अखडा बन्द गर्नु पर्ने शर्त राखिएका थिए । 

उक्त १३ बुँदे मागपत्रमा रियादको मुख्य दुश्मन इरानसँगको सम्बन्ध कतारले तोड्न आग्रह गरिएको थियो । 

तर कतारले साउदी गठबन्धनका सबै माग अस्वीकार गरिदियो, किनभने कतारको भनाईमा यी मागहरु यथार्थपरक नभएका र कार्यरुपमा परिणत गर्न नसकिने थिए । 

यस विभाजनले क्षेत्रीय यात्रामा जटिलता उत्पन्न गर्नुका साथै परिवारहरुलाई विच्छिन्न बनाएको छ भने कतारको व्यवसायमा लागत बढाएको छ । 

दोहा विरुद्धको यस गठबन्धनले आफ्ना मागहरु अरु थप्यो । जुलाई २०१७ मा गठबन्धनले कतारसामू १८ जना शंकास्पद अतिवादी समूह र संस्थाको सूची दियो । यो सूचीमा उल्लिखित व्यक्ति तथा संस्थामाथि कानुनी कारबाही गर्न माग गरिएको थियो । पछि यो सूचीमा नाम थपेर ९० बनाइयो ।

सन् २०१७ अगष्टमा बिआउटक्यू नामको भूउपग्रहले फुटबल समेतका मुख्य कार्यक्रमहरुको साउदी दर्शकलाई ध्यान दिएर प्रसारण शुरु गरेको थियो । 

कतारस्थित खेलकुद प्रसारक बीइनले साउदीले आफ्ना सामग्री अनधिकृत रुपमा प्रसारण गरेको आरोप लगायो । बीइन र साउदीबीचको यो विवाद अझै पनि कानुनी निरुपणको विषय बनेको छ । 

सन् २०१८ भर कतार र संयुक्त अरब इमिरेट्सबीच हवाई मार्गको विषयलाई लिएर विवाद भएको थियो । यो विषय अहिले पनि अन्तर्राष्ट्रिय अदालतमा विचाराधीन छ । 

अर्को वर्ष युएईले एसियाली कप फुटबल प्रतियोगिता आयोजना गर्यो । कतार यो खेलमा विजयी भयो, तर खेल मैदान खाली थियो किनभने कतारी फुटबल खेलप्रेमीलाई युएई प्रवेशमा रोक लगाएको थियो । मैदानमा देखिएका एक जना कतारी पोशाक लगाएका बेलायती नागरिकलाई पक्राउ गरिएको थियो । 
 
राष्ट्रपति ट्रम्पले कतारप्रति केही नरम र लचक रहेको बताउनु भएको थियो । उहाँले कतारका शासक अमिर शेख तमिम बिन हमाद अल–थानीलाई अप्रिल २०१९ मा ह्वाइट हाउसमा आमन्त्रण गर्नु भएको थियो, र त्यस भेटवार्तामा अल–थानीलाई राष्ट्रपति ट्रम्पले “मित्र” भनी सम्बोधन गर्नु भएको थियो । 

अरब राष्ट्रहरुमा निकै लोकप्रिय फुटबल खेलले आपसी सदभाव बढाउन केही हदसम्म सफल रहेको थियो । कतारमा आयोजित क्षेत्रीय फुटबल प्रतियोगितामा साउदी अरेबिया, युएई र बहराइन पनि सहभागी भए । सन् २०१९ डिसेम्बर ८ मा सम्पन्न फाइनल खेलमा बहराइन विजयी भयो ।

दुई वर्षअघि यस्तै प्रतियोगितामा साउदी अरेबिया, युएई र बहराइनले कतारमा खेल्न अस्वीकार गरेका थिए, र यी देशले कुवेतमा प्रतियोगिता सारेका थिए ।