७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

संसद बैठक सञ्चालन खर्च बढ्यो, दैनिक १ लाख ५० हजार थपियो

संसद बैठक सञ्चालन खर्च बढ्यो, दैनिक १ लाख ५० हजार थपियो
अ+ अ-

काठमाडाैंः कोभिड–१९ भाइरस संक्रमण रोकथामका लागि सतर्कता अपनाउँदा संघीय संसद बैठकको सञ्चालन लागत बढेको छ ।

कोभिड १९ को संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि सामाजिक दुरी कायम गर्नुपर्ने तथा २५ जना भन्दा धेरै भेला हुन नपाईने सरकारको निर्णयका वाबजुत संघीय संसदको छैटौ अधिवेशन चलिरहेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउन कै समयमा सुरु भएको संघीय संसदको छैटौ अधिवेशन संञ्चालनका लागि सामाजिक दुरी कायम गरि गरिने सिट व्यवस्थापन, फर्निचर मर्मत लगायत केही प्राविधिक शिर्षकमा थप लागत बढेको हो ।

त्यसैगरी बैशाख २६ गते देखि सुरु भएको संघीय संसदको छैटौ अधिवेशनका बैठक संञ्चालका लागि अपनाउनुपर्ने स्वास्थ्य सर्तकता भएको खर्च लगायतले प्रतिदिन बैठक संञ्चालन लागत बढाएको हो । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले समान्य अवस्थामा प्रति दिन प्रति बैठक ७ लाख रुपैयाँ खर्च हुने गरेकोमा अहिले १ लाख ५० हजार रुपैयाँले प्रतिबैठक लागत बढेको बताउनुभयो ।

अहिले संघीय संसद बैठक खर्च प्रतिदिन ८ लाख ५० हजार सम्म पुगेको छ । यो बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको बार्षिक भाडा, विजुली, पानी सांसदहरुको बैठकभत्ता, यातायात खर्च लगायत कोरोनाको सुरक्षामा अपनाइएका स्वास्थ्य सर्तकमा भएको खर्चहरुको एकमुष्ट रकम हो । तर यसमा सांसदहरु, बैठक संञ्चालनका लागि आवश्यक सचिवालयलका कर्मचारी, मर्यादापालक तथा अन्तराष्ट्रिय सम्मेलन केन्द्रका गरि झण्डै ८ सय जनाको कोरोना पिसिआर परीक्षण वापतको खर्च समावेश नभएको प्रवक्ता पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो “ नियमित खर्चहरु जस्तै पानी, विजुली जस्तै हामीले एसी मेन्टेन गर्नुपर्छ । होल सिस्टमको एसी मेन्टेन गर्नुपर्छ । त्यसैगरी मिटिङ भत्ता लाग्ने र अन्य खालका खर्चहरु त्यहाँ हुन्छन, यातायात लगायतका खर्चहरु हुन्छन् । यो सबैलाई हिसाब गर्दाखेरी करिब करिब यो भन्दा अगाडिको मिटिङहरुमा भएका अधिवेशनहरुमा भएका खर्चहरुलाई हिसाब गर्दाखेरी सात लाख रुपैयाँ खर्च हुन्थ्यो प्रति दिन प्रति मिटिङमा भने अहिले कोभिडको कारणले हलमा थप खर्चहरु गर्नुप¥यो ।

एक्सट्रा खर्चहरु गर्नुप¥यो । करिब १ देखि डेढ लाख सम्मको थप व्यवभार हामीले व्यहोर्नुपरेको अवस्था देख्छौं । अहिलेको टेम्प्रोरी सोलुसन मात्र हो यो । अव आउने दिनहरुमा हामीले समितिहरुमा पनि त्याही कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ । अहिले समितिमा त्यो खालको ध्यान पुगिराखेको छैन् । जसरी हामीले समितिको हलहरु व्यवस्थापन गर्न सकेका छैनौं, सबै माननिय जी हरुलाई उपस्थित गराउने अवस्था बनेको छैन् र सबै समितिहरु एकैचोटी बैठक बस्ने स्थिति पनि बनिरहेको छैन् ।

पालैपालो हामीले हलहरुलाई कुर्नुपरेको छ, ठूलो हललाई । यतापट्टिको खर्चको व्यवस्थापन गर्दा अरु थप खर्च बढ्ने अवस्था हामी देख्छौं । त्यसैले अहिले यो छैठौं अधिवेशन सक्दो छोटो बनाउने, कम समय चलाउने खालको यो कार्य व्यवस्था परामर्श समितिमा छलफल भइरहेको हामी पाउँछौं । जले चाहिं यो धेरै लामो समय सम्म नजाने, कोरोनाको प्रभाव यदि कम हुँदै गयो भने यसलाई लम्ब्याएर लान सकिने र अरु कामहरु गर्ने, विधेयक सम्बन्धी कामहरु गर्ने, होइन भने नभइ नहुने र अनिवार्य दायित्वमा परेका कुराहरु मात्रै पहिला प्राथमिकतामा राखेर जानेगरी रणनीति बनेको अवस्था हो । ”

सचिवालयले सामाजिक दुरी कायम गरि बैठकको सिट व्यवस्थापनको संरचना, फर्निचर मर्मत तथा ५० थान माईक थप गर्दा ३० लाख रुपैया खर्च भएको जनाएको छ । त्यसैगरी थर्मल गन २० थान, पिपिई ५ थान, एन ९५ मास्क २५ थान, केही सर्जिकल मास्क, सेनिटाईजन, साबुन तथा डिसइन्फेक्सनका सामाग्री  खरिदमा ५ लाख थप खर्च भएको जनाएको छ ।

प्रवक्ता डाक्टर पाण्डेले कोभिड १९ संक्रमणको अबस्था लम्बिदै गएमा विषयगत समिति संञ्चालनका लागि पनि सामाजिक दुरी कायम गर्ने गरि हल र सिट व्यवस्थापन गर्नुपर्ने भएमा बैठक संञ्चालन खर्च थप वृद्धि हुने बताउनुभयो ।

महामारीको संक्रामक अवस्थामा संञ्चालित संघीय संसदका दुवै सदनको बैठकमा सांसदहरुको उपस्थिति भने सन्तोषजनक देखिएको छैन । बजेट पुर्व, नीति तथा कार्यक्रमको साथै बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुको उपस्थिति न्यून देखिएको छ ।