२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारीको प्रलोभन देखाई नेटवर्किङ ठगी, सुर्खेतबाट ८ जना पक्राउ



अ+ अ-

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा नेटवर्किङ व्यवसायको आवरणमा ठगी गर्दै आएका ८ जना युवा समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरेन्द्रनगर–३ स्थित मुलपानी चोक नजिकै स्काई ड्रिम अन्टरपेनर्स प्रालिको नाममा कार्यालय खोलेर आकर्षक तलब र रोजगारीको प्रलोभनमा युवायुवतीबाट रकम असुल्दै आएको गिरोह सोमबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

पक्राउ पर्नेमा डोटी, दार्चुला, अछाम, कञ्चनपुर र बैतडीका २१ देखि २६ वर्ष उमेर समूहका ५ महिला र ३ पुरुष छन्। गिरफ्तारीमा परेका नरेश बोहोरा, कृष्ण धामी, कमल शाही, वीरेन्द्र शाही, मनिषा सिंह, निर्मला धामी, सुनिता साउद र कमला चिमलाले स्काई ड्रिम अन्टरपेनर्स प्रालिमा व्यवस्थापक तथा कर्मचारीको रूपमा आफूलाई चिनाउँदै ग्लोबल ओरियन्स नेपाल प्रालिमा सीप सिकाएर रोजगारी दिने भन्दै सर्वसाधारणबाट रकम असुलेका थिए।

एक व्यक्तिबाट २० हजार रुपैयाँ उठाइसकेपछि, उनले नयाँ सदस्य भित्र्याएर ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म थप रकम संकलन गर्न लगाएको खुलेको छ।

उनीहरूविरुद्ध ठगीको उजुरी परेपछि प्रहरीले एक साताअघि नै सो कार्यालयमा ताला लगाएको थियो। निगरानीलाई अझ कडाइ गर्दै सोमबार उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार यो समूहले रोजगारीका नाममा देशका विभिन्न ठाउँका युवायुवतीलाई लोभ देखाएर ठगी गर्दै आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।