३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

यी हुन् संसारका सबैभन्दा सुन्दर पाँच चरा

यी हुन् संसारका सबैभन्दा सुन्दर पाँच चरा
अ+ अ-

यो संसारमा सबैभन्दा सुन्दर चरा कुन हो ? यो प्रश्न तपाईंको मनमा अवश्य उठेको होला र यो प्रश्नको उत्तर दिन नसक्ने कोही नहोला किनकी यो संसारमा सबै चराहरु सुन्दर छन् । यद्यपि केही प्रजातिहरूमा निश्चितरूपमा असाधारण विशेषताहरू छन् जसले तिनीहरूलाई अन्य चराहरूबाट अलग राख्छ।

आज हामी संसारका ती चुनिएका चराचुरुङ्गीहरूलाई चिन्नेछौँ जसको सुन्दरता अद्भूत र अनुपम छ र जो आफ्नो विशेषता र रंगीन बनावटका कारण विश्व प्रसिद्ध छन्। यी चराहरू यति सुन्दर छन् कि यिनीहरूको बारेमा थाहा पाएपछि तपाईंलाई जीवनमा एकपटक अवश्य देख्नै पर्छ जस्तो लाग्छ।

मयूर : मयूर भारतको राष्ट्रिय चरा हो र मयूरको भव्य पुच्छर प्वाँखले यसलाई संसारको सबैभन्दा सुन्दर चरा बनाएको छ । संसारका सबै प्रजातिका चराहरूमा सबैभन्दा ठूलो प्वाँख मयूरको हुन्छ। विश्वमा तीन प्रकारका मयूर छन्– भारतीय मयूर, कङ्गो मयूर र हरियो मयूर। मयूरको लम्बाइ ५ फिटसम्म हुनसक्ने भएकाले यसलाई विश्वकै सबैभन्दा ठूलो उड्ने चरा भनिन्छ ।

राजहाँस वा फ्लेमिङ्गो : राजहाँस वा फ्लेमिङ्गोलाई संसारको सबैभन्दा सुन्दर चराहरूमा गनिन्छ। यसको लामो खुट्टा, सुन्तला र क्रिम रङ तथा उच्च गर्दनले यसको सौन्दर्यलाई अझ निखार ल्याएको छ । संसारमा यसका धेरै प्रजातिहरू पाइन्छ। राजहाँस वा फ्लेमिङ्गो एक खुट्टामा ३ देखि ४ घण्टासम्म उभिन सक्छ र यो आसनमा यिनीहरुले आफ्नो निद्रा पनि पूरा गर्न सक्छन् । यिनीहरुको रातो आँखा निकै सुन्दर र खतरनाक देखिन्छ ।

किल–बिल्ड टुकन : किल–बिल्ड टुकन संसारको सबैभन्दा अचम्मको चुच्चो चराहरू मध्ये एक हो। यसको अचम्मको र लामो चुच्चोका कारण यो संसारको सबैभन्दा सुन्दर चराहरूको सूचीमा समावेश छ। यो बेलीज को राष्ट्रिय चरा हो। कील–बिल टुकनहरू तिनीहरूको भारी पखेटाका कारण उडानमा धेरै राम्रो छैनन्। तिनीहरू रूखको हाँगाहरू बीच मात्र कुद्न सक्छन्।

रातो सुगा (स्कार्लेट मकाउ) : यसलाई संसारको सबैभन्दा सुन्दर सुगा भनिन्छ र यसको रातो रङले यसको सौन्दर्य निक्कै बढाउँछ। यो सुगाको चुच्चो पनि अन्य सुगाको तुलनामा धेरै शक्तिशाली हुन्छ, यसबाट तपाईंले अनुमान लगाउन सक्नुहुन्छ कि यसले आफ्नो चुच्चोले नरिवल फोर्न सक्छ।

इन्द्रधनुष लोरिकेट : यसलाई यस पृथ्वीको सबैभन्दा सुन्दर चरा मध्ये एक मानिन्छ । इन्द्रधनुष लोरिकेट अस्ट्रेलियामा पाइने सुगाको प्रजाति हो। यो उत्तरी क्वीन्सल्याण्डदेखि दक्षिण अष्ट्रेलियासम्म पूर्वी समुद्रीतटमा बस्छ। यसको बासस्थान वर्षावन, तटीय स्क्रब र वुडल्याण्ड क्षेत्रहरू हुन्।