२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको जिम्मेवारी हेरफेर



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको जिम्मेवारी हेरफेर गरिएको छ । बिहीबार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यावस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई मन्त्रालयमा तानेको हो ।  

मन्त्रालयले डा. दीपेन्द्ररमण सिंहलाई विभागको नयाँ महानिर्देशकको जिम्मेवारी दिइएको छ भने व्यावस्थापन महाशाखाको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई जिम्मेवारी दिइएको हो। 

यस्तै मन्त्रालयले परोपकार प्रसुती गृह थापाथलीका निर्देशकमा डा. संगीता कौशललाई जिम्मेवारी दिएको छ । प्रसुती गृहका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयमा सरुवा गरेको छ ।