२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा दुईजनामा कोरोना संक्रमण पोजिटिभ



अ+ अ-

पोखरा । गण्डकी प्रदेशको तनहुँका २ पुरुषमा कोरोना पुष्टि भएको छ । ऋषिङ गाउँपालिकाका ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । दुवै संक्रमित गाउँपालिकाको क्वारेन्टाइनमा रहेको र तनहुँ अस्पताल लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

तनहुँमा आज भेटिएका २ सँँगै संक्रमितको संख्या ३ पुगेको छ । यसअघि जेठ १८ गते सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । योसँँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।