२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

महिलालाई स्यानिटरी प्याड, बालबालिकालाई दूध

महिलालाई स्यानिटरी प्याड, बालबालिकालाई दूध
अ अ+ अ-

लम्की । कैलालीको टीकापुर नगरपालिकाले क्वारेन्टिनमा बस्ने महिलालाई स्यानिटरी प्याड र बालबालिकालाई दूध उपलब्ध गराउने गरेको छ । नगरपालिकाले क्वारेन्टिनमा बसेका नागरिकले रकमको कारोवार गर्दा सङ्क्रमण बढ्ने भएकाले त्यस नहोस् भन्नका लागि उनीहरुलाई आवश्यक सबै व्यवस्था क्वारेन्टिनभित्रै मिलाएको जानकारी दिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि भारत तथा अन्य जिल्लाबाट आएका नागरिकलाई क्वारेन्टिनमा १४ दिन राखेर जाँच गरी होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइन्छ । महिला हरेक महिना महिनावारी हुने भएकाले क्वारेन्टिन अवधिमा पनि हुनसक्छन् भन्दै टीकापुरका क्वारेन्टिनमा महिलाका लागि स्यानिटरी प्याडको व्यवस्था गरेको हो । टीकापुर नगरपालिकामा रहेका १७ क्वारेन्टिनमा अहिले एक हजार २०७ बसिरहेका छन् । तीमध्ये २२१ महिला छन् । क्वारेन्टिनमा बस्नेलाई आवश्यक सबै व्यवस्था नगरपालिकाले गरिहेको छ । महिला, पुरुषका लागि छुटाछुट्टै क्वारेन्टिन व्यवस्था नभए पनि क्वारेन्टिनमा बस्नेलाई आवश्यक कोलगेट, साबुनदेखि आवश्यक सामग्री नगरपालिकाले व्यवस्थापन गरेको जनाइएको छ ।

“महिलालाई क्वारेन्टिनमा बस्ने, खाने समस्याभन्दा मासिक चक्र अर्थात् महिनावारीका कारणले थप समस्या हुनसक्छ”, टीकापुर नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवालीले भने, “महिलालाई महिनावारीको समयमा बढी सरसफाइ चाहिन्छ, त्यसैले विद्यालयमा महिलाका लागि सुविधा भएको शौचालय प्रयोग गर्ने व्यवस्था मिलाएका छौँ, उनीहरुलाई आवश्यक स्यानिटरी प्याड उपलब्ध गराइरहेका छौँ ।” ज्ञवालीले क्वारेन्टिनमा केही सुत्केरी, गर्भवती तथा बालबालिका समेत रहेकाले उनीहरुलाई आवश्यक आइरन चक्की, नियमित दूध र फलफूलको व्यवस्थासमेत गरिएको जानकारी दिए । “हामी खाना शाकाहारी दिने गरिरहेका छौँ, महिला तथा बालबालिकालाई पोषिलो खानेकुरा आवश्यक हुने भएकाले खानासँगै अण्डा दिने गरेका छौँ”, अनमी ज्ञवालीले भने, “महिलाका समस्यामा हामी गम्भीर छौँ, तर क्वारेन्टिन भरिभराउ भएकाले समस्या हुन थालेको छ ।”

क्वारेन्टिनमा अहिले भारतबाट आउनेको सङ्ख्या धेरै छ । एकै परिवारका धेरै सदस्यसहित सयौँ नागरिक एकै ठाउँमा बस्नुपर्ने बाध्यता छ । महिलालाई प्राथमिकता दिँदै महिनावारीको समयमा आवश्यक स्यानिटरी प्याड सबै क्वारेन्टिनमा उपलब्ध गराइएको स्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक बलबहादुर रावल बताउछन्, “हामीले त महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने सोचेका थियौँ, तर भारतबाट आउने धेरै सपरिवार हुनुहुन्छ । उहाँहरुसँगै बस्न चाहने, नगरपालिकालाई पनि व्यवस्थापन गर्न कठिन भएकाले सँगै राख्नुपरेको छ ।”