१४ असार २०८३, आईतवार
,
Latest
मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सालकको खपेटासहित तीन पक्राउ



अ+ अ-

हेटौँडा । मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी नायब निरीक्षक जोखन बैठाको टोलीले बिहीबार सालकको खपेटासहित मनहरि गाउँपालिका–७ रमनटारका ३९ वर्षीय अमिक घलान, हेटौँडा उपमहानगरपालिका–१२ का ३२ वर्षीय लालसिं बोम्जन र चितवनको राप्ती नगरपालिका–७ खुरखुरेका ४५ वर्षीय बुधवा चौधरीलाई पक्राउ गरेको हो ।

मनहरि गाउँपालिका–७ स्थित सङ्गछेफेल गुम्बाको पछाडि लामालाई बास बस्न बनाउँदै गरेको भवनमा सालकको खापेटाको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक बैठाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई खानतलासी गर्दा चौधरीले बोकेको झोलाबाट ६५० ग्राम खपेटा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय राप्ती, मनहरिमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।