२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

विदेशबाट नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना आइपुगे

विदेशबाट नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना आइपुगे
अ अ+ अ-

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो । 

सोही प्रक्रियाअन्तर्गत म्यान्माबाट २६ नेपाली बिहान ११ बजे काठमाडौँ आइपुगेका छन् । यस्तै दोस्रो चरणमा संयुक्त अरब इमिरेट्सबाट नेपाली ल्याइँदैछ । त्यहाँबाट आउने १६८ नेपाली तयारी अवस्थामा रहेका छन् । प्रक्रिया पूरा भए आज अपराह्न ल्याउने कार्यक्रम छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो ।

आज म्यान्मा सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । उक्त विमानबाट ४३ जना म्यान्मा जाँदैछन् । त्यसमा दुई नेपालीसमेत छन् । उनीहरुलाई काठमाडौँको वसुन्धरास्थित यती पार्टी प्यालेसमा राखिने छ ।

विदेशबाट उद्धार गरेर ल्याइएका नागरिकलाई उपत्यकामा तयार पारिएको जगेडासहित नौ ‘होल्डिङ सेन्टर’ मा राखिने छ । उनीहरुलाई विमानस्थलबाट सोझै होल्डिङ सेन्टर पुर्याइने छ । त्यसको व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ । 

विदेशमा स्वास्थ्य परीक्षण गराएर नेगेटिभ भएकाहरुलाई यसरी ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाली सेनाको सहयोगमा काठमाडौँमा पनि आवश्यक स्वास्थ्य परीक्षण गर्नेछ । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको बनाइएको छ । 

काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्माण गरिएको छ । काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाडौँ भक्तपुरमा एक–एक हजार क्षमताको बनाइएको छ भने ललितपुरमा ९०० क्षमताको छ । 

सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई रहेको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । सरकारले काठमाडौँको यती पार्टी प्यालेस वसुन्धरा, स्काइजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारामा होल्डिङ सेन्टर तयार पारेको छ । जगेडाका रूपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेको होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रूपमा राखिनेछ ।  

भक्तपुर एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टैरूपमा राखिनेछ । प्रजिअ पाण्डेले भक्तपुरमा फोटोसहितको फाराम भर्ने व्यवस्था मिलाइएको तथा रात बस्नुपर्ने अवस्था हुनसक्ने भएकाले आवश्यक श्ययाको समेत व्यवस्थापन गरिएको छ । 

ललितपुरमा ९०० जनाका लागि डिलाइट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्कोमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रूपमा सिद्धार्थ कलेज धोवीघाट तयार पारिएको छ । सबै होल्डिङ सेन्टरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैज्ञानिकरूपमा व्यवस्थापन गरिएको छ । अभिलेख राख्नेदेखि स्वास्थ्य जाँच गर्ने, विश्राम गर्ने स्थानको समेत आवश्यक व्यवस्थापन गरिएको छ । सेन्टरमा  विशेषज्ञ चिकित्सकसहिको टोली रहनेछ ।

श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भइ काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ । यस्तै आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङगता भएका व्यक्तिलाई प्राथमिकतामा राखिएको छ ।