२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

अनुदानसंग जमिन स्वमिमान र राष्ट्रियता कदापि साट्न मिल्दैन : सांसद गिरी

अनुदानसंग जमिन स्वमिमान र राष्ट्रियता कदापि साट्न मिल्दैन : सांसद गिरी
अ अ+ अ-

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलेले सांसदबाट आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमासमय मागेर बोल्दै उहाँले जेष्ठ १९ गतेको संसदको बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्यले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरित रहेको भन्दै रेकर्डबाट हटाउन माग गर्नुभएको हो । उहाँले मन्तव्यमा प्रयोग गरिएको शब्दहरुले संसदको सार्वभौम सत्तामाथि आक्रमण गरेको दाबी गर्दै सो मन्तव्य संसदीय रेकर्डबाट हटाउन पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले सो अभिव्यक्तिलाई आधारमानेर कानुनी कारवाही अघि बढाउन सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले नाम उल्लेख नगरिकन सांसद  गिरीले ती सांसदले दिएको अभिव्यक्तिलार्ई “घृणाको मन्तव्य” को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो “जेष्ठ १९ गतेको दिन म संसदमा अनुपस्थित थिए । मेरो अनुपस्थितिमा संसदका एक माननीय जी ले जुन मन्तव्य दिनुभयो त्यसलाई घृणाका मन्तव्य भनिन्छ । अंग्रेजीमा यसलाई हेटस्पीच भनिन्छ । किन कि उहाँले रगत उम्लने कुरा गर्नुभयो । मेरो पदको मर्यादा नभएको भए मैले भौतिक रुपमा पनि आर्कमण गर्न सक्थेँ साथै भारतीय चेली नेपालको संसदमा आएर दादागिरी गरेको भन्नुभयो । म त्यस्तो भाषा प्रयोग गर्दिन । म प्रेमपुर्ण ढंगल आफ्नो भनाई राख्छु ।  म प्रेम, सद्भावका साथ यो आग्रह गर्न चाहन्छु कि यो मन्तव्यको रेकर्ड गरी नेपालको कानुन अनुसार हेट स्पीच कानुनी कारवाहीका लागि पर्याप्त हुन्छ । त्यसैले कानुनी प्रक्रिया अघि बढाउन म सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु ।”

उहाँले चाँदीको चम्चा मा कसैले सभासद् पद नदिएको भन्दै सबैले आ आफ्नो पदिय मर्यादामा रहेर अरुसंग पनि मर्यादित व्यवहार गर्नुपर्ने बताउनुभयो ।

सांसद अमृता देवी अग्रहरीले सांसद गिरीको पक्षमा मन्तव्य दिदै गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफि माग्नुपर्ने  तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “१९ गतेको बैठकमा माननीय गंगा चौथरीलेले प्रयोग गर्नुभएको शब्द प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ । म स्पष्ट रुपमा भन्नु चाहन्छु माननीय गगां चौधरीले माफि माग्नुपर्छ । ”

सदनमा सांसदको रुपमा उपस्थित भएका सबैले निश्चित प्रक्रिया पुरा गरेर आएको भन्दै उहाँले सबैको सम्मान गर्ने गरि मन्तव्य दिन पनि आग्रह गर्नुभयो । उहाँले हिन्दि भाषामा बोल्ने आफूहरुमाथि भेदभाव गरिदै आएको आरोप पनि लगाउनुभयो ।

सांसद अग्रहरीले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरुले संसदीय मर्यादा विपरित नाम नै किटान गरेर अभिव्यक्ति दिईएको भन्दै आपत्ती जनाएका थिए ।

जेठ १९ गतेको प्रतिनिधिसभा बैठकको शुन्य समयमासांसद गंगा चौधरी सद्गौवाले भारतबाट अतिक्रमित  नेपाली भूमिका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सांसद गिरी र अग्रहरीले आपत्ती जनाउनुभएको हो ।

सांसद सद्गौवाले भन्नुभएको थियो “अनुदानसंग जमिन स्वमिमान र राष्ट्रियता कदापि साट्न मिल्दैन । नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन । न हेपिएको गाउ छैन । भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासंग सल्लाहा छलफल गर्नुपर्यो रे । आफ्नो जमिन मेरो हो भन्न पनि मेरो देशको भूमि मिचाहासंग सोध्नुपर्ने ? यो कस्तो बिडम्बना सभामुख महोदय ? जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याक्छन् अनि रअ का एजेण्टहरु १५ दिनसम्म घाईते हुन्छन् । अनि सपनाको विरुद्धमा सम्पुर्ण शक्ति लगाएर बुरुक्क बुरुक्क उफ्रन थाल्छन् । ”