२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

बीमा समिति : कोरोना बीमालाई निरन्तरता

बीमा समिति : कोरोना बीमालाई निरन्तरता
अ अ+ अ-

काठमाडौं । बीमा समितिले कोभिड–१९ बीमालेख पुनः विक्री गर्न स्वीकृति दिएको छ ।  

गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बीमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा बजेटमा समावेस गरिएको र राष्ट्रिय महत्वको कार्यक्रम समेत भएकोले केही परिमार्जन गरी पुनः विक्री गर्न स्वीकृति दिइएको बताउनुभयो । उहाँले बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकार समेत गरी संयुक्त रुपमा बीमालेखलाई अगाडी बढाउने सहमति भए अनुसार बीमालेखलाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो । अध्यक्ष चापागाईंले अव जारी गरिने कोरोना बीमालेख अनुसार २०७७ चैत मसान्त सम्मको मात्रै जोखिम बहन हुने बताउनुभयो । यससँगै आजदेखि बीमालेख खरिद गर्नेको आगामी चैत मसान्त सम्मका लागि मात्रै बीमा हुने छ । यस अघि जारी भएका बीमालेखहरुमा भने खरिद गरेको मितिले १ वर्षको समय सम्मको जोखिम बहन हुने उहाँले बताउनुभयो ।

बीमा शुल्क जम्मा भए अनुसार बीमा पुल मार्फत दायित्व भुक्तानी हुने छ । त्यसपछि मात्रै नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र सरकारले समेत व्यहोर्ने गरी बीमालेख जारी गरिएको हो । नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले १ अर्ब रुपैयाँ सम्मको जोखिम बीमा संस्थाहरुबाट हुने बताउनुभयो । त्यस्तै पुनर्बीमा कम्पनीले १ अर्ब रुपैयाँ जोखिम बहन गर्ने छ । त्यसपछिको ५० करोड बराबरको जोखिम बीमा कम्पनीहरुको रिजर्भमा रहेको रकमबाट बहन हुने छ भने बाँकी जोखिम बीमा समिति र नेपाल सरकारले बहन गर्ने सहमति भए अनुसार पुनः जारी गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले ३५ हजार नागरिक सम्मको जोखिम ब्यहोर्न सक्ने गरी कोरोना बीमालेख पुनः जारी गरिएको बताउनुभयो । उहाँले कोरोना बीमाको पुर्नबीमा नहुने भएकाले सरकारको समेत सहभागिता हुने गरी बीमालेख जारी गर्ने सहमति भएको बताउनुभयो ।

निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिको संयुक्त पहलमा जारी गरिएको कोरोना बीमामा अहिले सम्म ३ लाख २५ हजार नागरिक सहभागि भएका छन् । बीमा समितिका अध्यक्ष चापागाईंले अहिले सम्म ३० अर्ब भन्दा माथिको बीमा जोखिम पुगेको बताउनुभयो । अब जारी गरिने बीमाको कटअफ समय चैत मसान्त सम्म हुने छ भने यस अघि खरिद गरेकाको हकमा भने पुरै एक वर्ष सम्म रहने अध्यक्ष चापागाईले बताउनुभयो ।   

बीमा समितिले बीमाङ्क रकमको आधारमा ‘क’ र ‘ख’ वर्ग निर्धारण गरी घातक रोग सरहको बीमालेख अनुसार हुनेगरी कोभिड–१९ बीमालेख जारी गर्ने व्यवस्था गरेको थियो । ‘क’ वर्गको बीमालेखमा १ लाख रुपैयाँको बीमाङक रकम हुने र उक्त बीमाका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ र परिवार वा समूहको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले बीमा शुल्क लाग्ने छ । यस्तै ‘ख’ वर्गकोमा बीमाङक रकम ५० हजार रुपैयाँ तोकि प्रति व्यक्ति ५ सय रुपैयाँ र परिवार वा समुहको बीमा गर्दा प्रति व्यक्ति ३ सय रुपैयाँका दरले बीमा शुल्क लाग्ने छ । यस्तै क्षतिपूर्ति दाविका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा गर्नुपर्ने छ भने भुक्तानी दावीका लागि पीसीआर प्रविधिबाट गरिएको रिपोर्टमा कोरोना पोजेटीभ हुनुपर्ने छ ।