३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते



अ+ अ-

इस्लामाबाद। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार भएका दुई अलग–अलग सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

पहिलो दुर्घटना ठट्टा जिल्लामा भएको हो, जहाँ तीव्र गतिमा गइरहेको एक बस अनियन्त्रित भएर पल्टिँदा ६ जनाको ज्यान गएको छ र २० भन्दा बढी घाइते भएका छन् । उक्त बसमा पिकनिक मनाउन गएका यात्रुहरू सवार थिए ।

दोस्रो दुर्घटना खैपुर जिल्लामा भएको हो । कराँचीबाट मनसेहरातर्फ जाँदै गरेको एक यात्रुबाहक बस राष्ट्रिय राजमार्गमा पल्टिँदा चार जनाको मृत्यु भएको र महिलासहित ४० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।(रासस/सिन्ह्वा)