२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनबारे प्रधानमन्त्रीकाे परामर्श जारी



अ+ अ-

काठमाडाैः प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउनकाे माेडालिटीका बारेमा निजी क्षेत्रसँग परामर्श जारी राख्नु भएकाे छ ।

निजी क्षेत्रकाे उद्याेगी, व्यवसायीसँग परामर्श गर्नु भएका प्रधानमन्त्री ओलीले शुक्रबार स्थानीय तह सम्बद्ध संगठनहरूका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गर्नुभएकाे प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएकाे छ ।

सरकारले काेराेना संक्रमण बढेसँगै आगामी जेठ ३२ गतेसम्मका लागि लकडाउन गरेकाे छ । तर निजी क्षेत्रका उद्यमी, व्यवसायीले बन्दकाे विकल्प खाेज्न आग्रह गरिरहेका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा स्थानीय तहले खेलेको भूमिकाको सराहना गर्दै कोभिड–१९ को रोकथाम र नियन्त्रण सङ्घ, प्रदेश र स्थानीय तहले मिलेर गरेमात्र सफलता प्राप्त गर्न सकिने बताउनुभएकाे थियाे । उहाँका अनुसार प्रधानमन्त्रीले कोभिड–१९ नियन्त्रण गर्नका लागि स्थानीय तहका समस्याका बारेमा सुझावसमेत लिनुभएको थियो ।

उहाँले लामो समय बन्दाबन्दी (लकडाउन)का कारणले मुलुकको आर्थिकलगायतका गतिविधि ठप्प रहेका भन्दै उक्त गतिविधि चलायनमान गराउनुपर्ने र कोभिड–१९ को नियन्त्रण पनि गर्नुपर्ने भएकाले दुवै चूनौतिलाई सँगैसँगै लैजानुपर्ने बताउनुभएको महासङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्यान्जुका अनुसार प्रधानमन्त्री ओलीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले कोभिड–१९ नियन्त्रण गर्न स्थानीय तहले भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले स्थानीय सरकार जति सक्रिय भयो त्यति नै चाँडो कोभिड–१९ नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले स्थानीय तहको सवलीकरण गरेर मात्र मुलुकमा आर्थिक विकास गर्न सकिने धारणासमेत व्यक्त गर्नुभयो ।

छलफलमा प्रधानमन्त्रीलाई स्थानीय तहमा कोभिड–१९ नियन्त्रण गर्न खेलेको भूमिका र समस्याका बारेमा आफूहरुले जानकारी गराएको अध्यक्ष ब्यान्जुले बताउनुभयो । उहाँले सांसदलाई छुट्टाइएको स्थानीय पूर्वाधार विकास कोषको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खर्च गर्न प्रधानमन्त्रीसँग माग गर्नुभयो । छलफलमा रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दासलगायतको सहभागिता रहेको थियो ।