४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन



अ+ अ-

एजेन्सी । भारतको बेङ्गलुरु सहरका करिब ४० वटा विद्यालयमा शुक्रबार बिहान बम राखिएको भन्दै धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन् ।

धम्की दिने इमेलमा कक्षाकोठाहरूमा कालो प्लास्टिक झोलाभित्र विस्फोटक पदार्थ राखिएको भनिएको थियो । उक्त खबर लगत्तै प्रहरी, बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुरसहितको टोली विद्यालयहरूमा पुगेर व्यापक खोजतलास गरे पनि कुनै विस्फोटक सामग्री फेला परेको छैन ।

यो घटनाले विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकमाझ ठूलो चिन्ता र त्रास फैलाएको थियो । हालै राजधानी दिल्ली र पंजाबको अमृतसरस्थित गोल्डेन टेम्पलमा पनि यस्तै प्रकृतिका धम्कीहरू प्राप्त भएका थिए, जसले गर्दा यस्ता घटनाहरूबीच सामाजिक अस्थिरता फैलाउने नियत हुन सक्ने आशंका गरिएको छ ।

गत वर्ष पनि यस्ता नक्कली बम धम्कीहरूले विद्यालय, अस्पताल, होटल र विमानस्थलजस्ता सार्वजनिक स्थानहरूमा त्रासदीपूर्ण स्थिति सिर्जना गरेका थिए ।

प्रहरीले घटनाको डिजिटल फरेन्सिक अनुसन्धान सुरु गरिसकेको छ र दोषीलाई कडा कारबाही गरिने जनाएको छ ।