३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

बिष्णुको स्टाटसलगत्तै एलिनाले सार्वजनिक गरिन् नीलडामसहितको अनुहार, भन्छिन्–म चुप लाग्दिनँ

बिष्णुको स्टाटसलगत्तै एलिनाले सार्वजनिक गरिन् नीलडामसहितको अनुहार, भन्छिन्–म चुप लाग्दिनँ
अ+ अ-

काठमाडौँ । पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे धारणा सार्वजनिक गरेपछि गायिका एलिना चौहानले त्यसलाई काउन्टर दिएकी छन् ।

उनले सन् २०२४ जुन ९ बहिना ८ बजे खिचेको तस्बिर फेसबुकमार्फत सार्वजनिक गर्दै आफू घरेलु हिंसामा परेको स्पष्ट पारेकी छन् ।

यो तस्बिर खिचेको  त्यसबखत विष्णु र एलिनाको विवाह बन्धनमै थिए । सार्वजनिक तस्बिरमा उनको अनुहारभर चोटपकटपछिको नीलडाम देखिन्छ ।

विष्णुले शुक्रबार फेसबुकमार्फत् एलिनालक्षित स्टाटस सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमार्फत् आफूमाथि नकारात्मक टिप्पणी र भ्रम फैल्याउनेविरुद्ध अस्ट्रेलियामा कानुनी उपचार सुरु गरेको विष्णुले जनाएका छन् ।

नेपालमा पनि अब कानुनी उपचार सुरु गर्ने उनले बताएका छन् । तर, कोविरुद्ध कानुनी प्रक्रिया थालिएको र थाल्न बाँकी रहेको उनले खुलाएका छैनन । एलिनाले लगाएका सबै आरोप झूटा रहेका विष्णुको आशय छ ।

विष्णुको धारणा आएको केही घण्टाभित्रै एलिनाले लामो क्याप्सनसहित तस्बिर सार्वजनिक गरेकी छन् । क्याप्सनमा उनले आफूले विगतमा भोगेका समस्या मात्रै सेयर गरेको दाबी गरेकी छन् ।

उक्त क्याप्सनमा आफूमाथि आइपर्ने कानुनी प्रक्रिया सामना गर्ने एलिनाको दाबी छ । उनले लेखेकी छन्, ‘यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन। यो लडाइँ हो–त्यस मानसिकतासँग जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ । जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।’

यस भनाईमार्फत आफूले भोगेको हिंसा सेयर गर्दा कानुनी प्रक्रिया सुरू गर्ने विष्णुको चेतावनीलाई उनले जवाफ दिको बुझ्न सकिन्छ ।

उनले अगाडि लेखेकी छन्, ‘तर अब म चुप लाग्दिनँ । अब यो केवल मेरो न्यायको लडाइँ होइन । यो हरेक नेपाली चेलीको आवाज हो ।’

एलिनाले सामाजिक सञ्जालमा अनुहारभरि चोट देखिने तस्बिरसहित लेखेको पोस्टमा उनीमाथि प्रेम र वैवाहिक सम्बन्धका क्रममा शारीरिक हिंसा भएको खुलाएकी छन् ।

‘हामीबीचको कुरा त आपसी समझदारीमै सकिएको थियो। तर समाजको दबाव, सामाजिक सञ्जालको दुरुपयोग र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्‍याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्‍यो’, भनेकी छन् ।

यस्तो छ एलिनाको पोस्टः

हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो।
तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले
त्यो सकिएको कुरा फेरि दोहोर्‍याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्‍यो।
म कानुनी प्रक्रियामा जान बाध्य भएँ।
म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ।
मैले मेरो विगत खोल्नुपर्‍यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।
त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन,
न कुनै बदला लिने सोच।
स्पष्ट भन्न चाहन्छु—
यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन।
यो लडाइँ हो—त्यस मानसिकतासँग,
जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ।
जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।
जब मैले आफ्ना भोगाइहरू सुनाएँ,
म माथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’
तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।
यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।
तर अब म चुप लाग्दिन।
अब यो केवल मेरो न्यायको लडाइँ होइन,
यो हरेक नेपाली चेलीको आवाज हो।
म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर
न्यायका लागि अगाडि बढ्नेछु।
किनकि म एक्लो भए पनि,
सत्य मेरो साथमा छ।