२२ श्रावण २०८३, शुक्रबार
,
Latest
बागमती सरकारबारे राप्रपाको स्पष्ट अडानः सत्ता गठनको दौडबाट बाहिरिने निर्णय करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग: एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोल्डप्लेको कन्सर्टमा सहकर्मीसँग देखिए एस्ट्रोनोमरका सीईओ एन्डी बायर्न



अ+ अ-

एजेन्सी । अहिले बोस्टनमा आयोजित कोल्डप्ले कन्सर्टको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियो डेटा सफ्टवेयर स्टार्टअप एस्ट्रोनोमरका सीईओ एन्डी बायर्नको हो ।

जब कन्सर्टको ‘किस क्याम’ एन्डी बायर्न मा जुम इन भयो त्यतिबेला उनी आफ्ना सहकर्मी क्रिस्टिन क्याबोटसँग अँगालो हालिरहेको देखिन्छ । आफुहरु सार्वजनिक भएको थाहा पाउने बित्तिकै क्रिस्टिन र एन्डीले आफ्नो अनुहार लुकाउछन् ।

किस क्याममा दुई जनालाई देखेर कोल्डप्लेका मुख्य गायक क्रिस मार्टिनले भने, ‘या त उनीहरू दुवै धेरै लजालु छन् या त उनीहरूको अफेयर चलिरहेको छ।’  यो भिडियो अहिले इन्टरनेटमा भाइरल भएको छ।

बास्तवमा, एन्डी बायर्न डाटा सफ्टवेयर स्टार्टअप एस्ट्रोनोमरका सीईओ हुन् । उनी विवाहित छन् र उनका दुई बच्चाहरू छन् । तर, उनको श्रीमती भिडियोमा देखिएका सहकर्मी क्रिस्टिन भने होईनन् ।

बायर्नकी श्रीमती मेघन क्यारिगन हो ।आफ्नो पतिको कम्पनीको एचआरसँगको भिडियो भाइरल भएपछि मेघनले सामाजिक सञ्जाल प्लेटफर्महरूमा आफ्नो नामबाट आफ्नो बायर्नको नाम हटाइन् । यति मात्र नभएर उनले आफ्नो एकाउन्ड डिलेट गरेकी छिन् ।

क्रिस्टिन क्याबोट नोभेम्बर २०२४ मा एस्ट्रोनोमरमा एचआर तथा प्रमुख जनअधिकार अधिकृत (चीफ पीपल अफिसर) को रूपमा सामेल भएकी थिईन् । उनी कम्पनीको मानव संसाधन विभागकी प्रमुख हुन् । केही मिडिया रिपोर्टका अनुसार उनले केनेथ थोर्नबीसँग विवाह गरेकी थिइन् । यद्यपि, २०२२ मा उनीहरूको सम्बन्धविच्छेद भयो।