एजेन्सी । अहिले बोस्टनमा आयोजित कोल्डप्ले कन्सर्टको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियो डेटा सफ्टवेयर स्टार्टअप एस्ट्रोनोमरका सीईओ एन्डी बायर्नको हो ।
जब कन्सर्टको ‘किस क्याम’ एन्डी बायर्न मा जुम इन भयो त्यतिबेला उनी आफ्ना सहकर्मी क्रिस्टिन क्याबोटसँग अँगालो हालिरहेको देखिन्छ । आफुहरु सार्वजनिक भएको थाहा पाउने बित्तिकै क्रिस्टिन र एन्डीले आफ्नो अनुहार लुकाउछन् ।
किस क्याममा दुई जनालाई देखेर कोल्डप्लेका मुख्य गायक क्रिस मार्टिनले भने, ‘या त उनीहरू दुवै धेरै लजालु छन् या त उनीहरूको अफेयर चलिरहेको छ।’ यो भिडियो अहिले इन्टरनेटमा भाइरल भएको छ।
बास्तवमा, एन्डी बायर्न डाटा सफ्टवेयर स्टार्टअप एस्ट्रोनोमरका सीईओ हुन् । उनी विवाहित छन् र उनका दुई बच्चाहरू छन् । तर, उनको श्रीमती भिडियोमा देखिएका सहकर्मी क्रिस्टिन भने होईनन् ।
बायर्नकी श्रीमती मेघन क्यारिगन हो ।आफ्नो पतिको कम्पनीको एचआरसँगको भिडियो भाइरल भएपछि मेघनले सामाजिक सञ्जाल प्लेटफर्महरूमा आफ्नो नामबाट आफ्नो बायर्नको नाम हटाइन् । यति मात्र नभएर उनले आफ्नो एकाउन्ड डिलेट गरेकी छिन् ।
क्रिस्टिन क्याबोट नोभेम्बर २०२४ मा एस्ट्रोनोमरमा एचआर तथा प्रमुख जनअधिकार अधिकृत (चीफ पीपल अफिसर) को रूपमा सामेल भएकी थिईन् । उनी कम्पनीको मानव संसाधन विभागकी प्रमुख हुन् । केही मिडिया रिपोर्टका अनुसार उनले केनेथ थोर्नबीसँग विवाह गरेकी थिइन् । यद्यपि, २०२२ मा उनीहरूको सम्बन्धविच्छेद भयो।










