३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक
अ+ अ-

काठमाडौँ । गायिका देविका बन्दनाको म्युजिक भिडियो ‘सोलुको मैच्याङ’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित विशेष कार्यक्रममा वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सङ्गीतकार राजु सिंह, सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईलगायतको उपस्थितिमा म्युजिक भिडियो प्रिमियर गरिएको हो ।

त्यस अवसरमा गायिका देविका बन्दनाले आफूले सोलुखुम्बुको पर्यटन तथा संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले सोलुको मैच्याङ सृजना गरेको बताउनुभयो । “केही समयअघि चीन जाँदा सोलुखुम्बुका जनप्रतिनिधिहरुसँग भेट भएको थियो, उहाँहरुसँगको साक्षात्कारबाट त्यहाँको कला, संस्कृति र पर्यटनबाट प्रभावित भएकी थिए, सोही समयमा सोलुखुम्बुका लागि केही गर्नुपर्छ भन्ने लागेको थियो”, उहाँले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि थुलुङ गाउँपालिकाका अध्यक्ष असिम राईले म्युजिक भिडियोमा सोलुखुम्बु झल्किएको उल्लेख गर्दै म्युजिक भिडियो तयार पार्नु हुने गायिका देविका बन्दनाप्रति आभार व्यक्त गर्नुभयो । “गीतमा व्यक्त भएका शब्द मर्मस्पर्शी छन्, समग्र जिल्लाको प्रचारप्रसार हुने गरी पुनः छायाङ्कन गर्ने हो भने हाम्रो गाउँपालिकाले खर्च बेहोर्ने छ, यसबाट जिल्लाको पर्यटन र संस्कृति प्रवर्द्धन हुन्छ भन्ने मलाई विश्वास छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ कलाकार तथा विशिष्ट अतिथि मदनकृष्ण श्रेष्ठले क्यान्सरजस्तो रोगलाई जितेर फेरि कलाकारितामा सक्रिय हुनुभएकी कलाकार देविका बन्दनाप्रति आभार व्यक्त गर्दै गीतको सफलताको शुभकामना दिनुभयो ।

उक्त गीतको शब्द देविका बन्दनाले रचना गर्नुभएको हो भने गायनमा देविकालाई सोही गीतका सङ्गीतकार तथा एरेञ्जर किरण कँडेलले साथ दिनुभएको छ । कमल राईको निर्देशन रहेको म्युजिक भिडियोमा सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङले मोडलिङ गर्नुभएको छ । उक्त गीत देविका बन्दना नामक युट्युब च्यानलमा हेर्न सकिन्छ ।

कलाकारहरु सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङ, किरण कँडेललगायतले गीतबारे चर्चा गर्नुभयो । उहाँहरुले गीतमार्फत सोलुको पर्यटन तथा संस्कृतिको प्रचारप्रसारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा गायिका देविका बन्दनाले म्युजिक मिडियो छायाङ्कन भएको कदम्पा गुम्बाका प्रतिनिधिलाई आर्थिक सहयोग उपलब्ध गराउनुभयो । हाल उक्त गुम्बामा करिब सात सय बालबालिका अध्ययनरत छन् ।

गायिका बन्दनाले हालसम्म १०० भन्दाबढी चलचित्रमा गीत गाइसक्नुभएको छ । उहाँका ‘भरे आउँछु सपनीमा…’, ‘यस्तै रहेछ यहाँको चलन…’, ‘तल तल तल तल बेँसीमा मैच्याङ…’, ‘मास्टर साहेब सिकाइदेऊ पिरती…’, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला…’ लगायतका गीत सयौँ चर्चित गीत छन् ।